१.एउटा बाँदर १२० फिट उचाइ भएको पोलमा प्रत्येक घण्टा ३० फिट
चढ्छ र लगत्तै २० फिट तल झर्छ । यदि उसले यात्रा ८:०० बजे शुरु गर्छ भने कति समयमा पोलको टुप्पोमा पुग्छ ?
a. 4 pm b. 5 pm c. 6 pm d. 8 pm २.यदि 84 x 13 = 8, 37 x 13 = 6, 26 x11 = 6 भए , 56 x 22 = ? a.
36 b. 39 c.7 d. 11 ३.यदि 1 = 1, 2 = 4, 3 = 10, 4 = 22 भए, 5 = ? a.
39 b. 34 c. 44 d. 46 ४.चिडियाखानामा केही मृग र मयूरहरु छन् । त्यहाँ जम्मा
टाउकाको संख्या ८० वटा र खुट्टाहरुको संख्या २०० वटा
छन् भने त्यहाँ कति वटा मयूरहरु छन् ? a.
10 b. 20 c. 40 d. 60 ५.राम जन्मदा उसको बुवा उसको दाइभन्दा ३२ बर्षले जेठो
हुनुहुन्थ्यो र उसकी आमा उसकी दिदिभन्दा २५ बर्षले जेठी थिईन् । यदि राहुलको दाई
उभन्दा ६ बर्षले जेठो थियो र उसकी आमा उसको बुवाभन्दा ३ बर्षले कान्छी थिइन् भने उ
जन्मदा रामकी दिदि कति बर्षकी थिइन् ?
a. 5 years b. 8 years c. 10 years d.
14 years ६.पाँच वटा घण्टीहरु एकै साथ बज्न शुरु गर्छन् । दोश्रो
पटकबाट प्रत्येक घण्टीहरु ५, ६, ७, १० र १२
सेकेण्डको अन्तरालमा बज्दा १ घण्टामा कति
पटक संगै बज्छन् ? a. 5 times b. 6 times c. 7 times d. 8 times ७.तल दिइएका
अक्षरहरु मिलाएर अर्थपूर्ण शब्द कुन चाहिँ सही हो ? T -1, R - 2, I - 3, F - 4, U – 5.
a. 3,1,2,4,5 b. 4,2,5,3,1 c. 4,3,2,1,5 d. 5,3,2,1,4
८.कुन श्रेणी सही हो ? AZ,
GT, MN, ?, YB
. a.
KF b. RX c. SH d. TS ९.उस्तै मिल्ने शब्द कुन हो ? Canada: Chile: Germany:? a. Spain b.
Paris c. Chicago d. Ottawa १०.दृश्यले उसको बुढी औलालाई १, चोर औलालाई २, बीचको
औलालाई ३, साइली औलालाई ४ र
कान्छी औलालाई ५ गन्दै जान्छ । फेरी उल्टो दिशाबाट साइली औलालाई ६, बीचको औलालाई ७भन्दै
गन्छ र सोही क्रम १९९४ पटक दोहोर्याउँछ । अव भन्नुस अन्तिम गणना कुन औँलामा
रोकिन्छ ? a. साइली औँला b. बिचको औँला c. बूढी औँला d. चोर औँला ११.१२०० जनाको समूहमा क्याप्टेन र सिपाहीहरु रहेका छन् ।
प्रत्येक १५ जना सिपाहीको १ जना क्याप्टेन रहँदा सो समूहमा जम्मा कतिजना क्याप्टेन
रहेका छन् ? a. 70 b.
75 c. 80 d. 85
Leave Your Comment