Logo

Blog Details

बैकाल ताल (Baikal Lake )

SS Team 2025-03-29 14:20:36 385 1

बैकाल ताल संसारको ठूलो ताजा पानीको तालमध्ये एक हो, जसमा विश्वको ताजा सतहको पानीको २०%  देखी २३% रहेको छ। जुन उत्तर अमेरिकी ग्रेट लेक(Superior, Michigan, Huron, Erie, and Ontario)हरू भन्दा बढी हो। यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ ।

यो ताल १,६४२ मिटर (५,३८७ फिट; ८९८ फ्याथम) गहिराइ भएको विश्वको सबैभन्दा गहिरो र सबैभन्दा पुरानो ताल पनि हो। ३१,७२२ किलोमिटर (१२,२४८ वर्ग माइल) को सतह क्षेत्रफल भएको बैकाल ताल संसारको सातौं ठूलो ताल हो। यो विश्वको सबैभन्दा सफा तालहरू मध्ये एक पनि हो।

रूसको साइबेरियास्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ ।  यो तालको निर्माण २ सय ५० करोडदेखि ३ सय करोड वर्षअघि भएको मानिन्छ ।

यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ । यो तालको उत्तरी खण्डमा डेढ किलोमिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसेमैदान छ । यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ । यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ।

यो विशाल तालको वातावरणको आफ्नै विशेषता छ। बैकाल ताल हजारौं प्रजातिका वनस्पति र जीवजन्तुहरूको बासस्थान हो, जुन यस क्षेत्रका लागि धेरै अद्वितीय छन्। बुरयत (Buryat) जनजातिहरू यस वरपर बस्छन्। यहाँको हावापानी जाडोमा बरफको न्यूनतम तापक्रम -१९ °C (−°F) देखि गर्मीमा १४ °C (५७ °F) सम्मको उच्चतम तापक्रममा भिन्न हुन्छ । बैकाल वरिपरि पूर्वी साइबेरियाको अन्यत्रभन्दा केही ढिलो गरी हिउँद शुरू हुन्छ। डिसेम्बरको अन्त्यतिर यो ताल जम्छ तर त्यहाँ मध्य ज्यानुअरी नहुन्जेल निकै थोरै हिउँ पर्छ।  बैकाल ताल वरपरको यो क्षेत्रलाई ट्रान्सबैकालिया वा बैकाल(Transbaikalia or Baikal) भनेर चिनिन्छ भने यसको वरपरको क्षेत्रलाई ट्रान्सबैकाल(Trans Baikal) भनिन्छ। यस ताललाई युनेस्को विश्व सम्पदा स्थल घोषणा १९९६ मा गरिएको थियो।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team