Logo

Blog Details

नेपालको इतिहास सम्बन्धी केही प्रश्नहरु तथा जानकारी

SS Team 2025-03-30 18:01:22 3803 30


. “म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो भने ´साम्यवाद मोटर चढेर आउदैन` भन्ने भनाई कस्को हो ? - राजा महेन्द्र
. नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
सेन्सस गोश्वारा (नासु २०७०)
. नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिए? गोपाल (नासु २०६९)
. राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो?– ३५ जिल्ला (खरिदार २०६८)
. नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ? – २०६४ चैत्र २८ (खरिदार २०७०)
. लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य (खरिदार २०६८)
. राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय (खरिदार २०६८)
. सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? -क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
. नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? -लोकतन्त्र दिबस (खरिदार २०६८)
१०. कसको हत्याको कारण कोतपर्ब भएको थियो ? – गगनसिंह (खरिदार २०६८)
११. नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ? -२०६३ मंसिर ०५ (खरिदार २०६८)
१२. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? – २००८ माघ २१ (खरिदार २०६९)
१३. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? – नरेन्द्रदेव (खरिदार २०६९)
१४. नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? – महिन्द्र मल्ल (खरिदार २०६९)
१५. नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? – २०३७ बैशाख २० ( नासु २०७१)
१६. प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ भने गोपाल भन्नाले केलाई बुझाउछ ? – गाईपालक समुदायलाई
१७. नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ? – गुप्तवंशी
१८. गोपालहरुको राजधानी कहाँ थियो ? – किर्तिपुरको दक्षिणी मातातिर्थ
१९. गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ? -५२१ वर्ष
२०. नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ? -गोपालराज वंशावली
२१. गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ? -आभिर(महिषपाल)
२२. सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ? -महिषपाल
२३. आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ? -१११ वर्ष
२४. किराँतहरुको मुलथलो कहाँ हो ? – पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
२५. किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ? -कौरवहरुको
२६. गौतम बुद्द कसको पालामा नेपाल आएका थिए ? – सातौं किराती राजा जितेदास्तिको पालामा
२७. अन्तिम किराँति राज को हुन ? – गस्ती
२८. प्रथम सोमवंशि राजा को थिए ? -निमिष
२९. सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ? – गोदावारी
३०. अन्तिम सोमवंशि राजा को हुन ? – भाष्कर वर्मा
३१. लिच्छविहरु को थिए ? – भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
३२. प्रथम राजा ?- जयदेव प्रथम
३३. अन्तिम राजा ? – जयकामदेव
३४. लिच्छविकालमा कसलाई के भनिन्थियो ?
#
महासवर्दण्डनायक = प्रधानन्यायाधिश
#
आमत्य = मन्त्री
#
महाबलाध्यक्ष = सेना प्रमुख
#
बलाध्यक्ष = राजदरबारको सर्वच्चो अधिकारी
#
वणिक = साधरण व्यापारी
#
प्रसादाधिकृत = कार्यलय प्रमुख
#
भट = सेना/सिपाहि
३५. लिच्छिविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक एकाईलाई ग्राम भनिन्थियो । भने लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ? – युपग्राम
३६. लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? – गुप्त लिपि
३७. लिच्छविकालमा एक जातिले अर्को जातीसँग बिहे गरेमा के लाग्थ्यो ? – वर्णशंकर
३८. लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थियो ? -तुलादण्ड
३९. नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ? – राघवदेव
४०. लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ? – संस्कृत
४१ जयस्थिती मल्लले कति वर्ष शासन चलाएका थिए ? -१४ वर्ष
४२. नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ? -जयस्थिती मल्ल
४३. प्रताम मल्लले कति बर्ष शासन गरे ? -३३ वर्ष
४४. लाखे जात्रा प्रताप मल्लले चलाएका हुन् भने रानिपोखरिको निर्माण कसले गरेका हुन ? – प्रताप मल्ल
४५. हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ? – प्रताम मल्ल
४६. कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ? – जयप्रकाश मल्ल
४७. सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ? -जयप्रकाश मल्ल
४८. सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?  -५२ वर्ष
४९. पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ? -सिद्दिनरसींह मल्ल
५०. ज्योतिष बस्न मणिमण्डप बनाउने राजा को हुन ? -योगेनरेन्द्र मल्ल
५१. चाँगु जानुअघी योगनरेन्द्र मल्लले मन्त्रीलाई के भनेको थिए ? -जबसम्म मेरो शालिकबाट चरो उड्दैन तबसम्म मलाई जीवित सम्झनु
५२. योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ? -३१ जना
५३. न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ? – भुपितन्द्र मल्ल
५४. कवि चुडामणि सम्राट भनेर कसलाई चिनिन्छ ? – भुपितिन्द्र मल्ल
५५. शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?  – रणजीत मल्ल
५६. तीनतले तलेजु मन्दिर कति अग्लो छ ? -१०२ फिट
५७. मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ? -तलेजु-तलुजा भवानी
५८. सबैभन्दा सानो मुद्रा निष्कासन गर्ने राजा को हुन ? -जयप्रकाश मल्ल
५९. मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ? – कान्तिपुर
६०. पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ? – शिवदेव
६१. देवलदेवी कसकी रानी हुन ? -रुद्र मल्ल
६२. यो राज्यमा कसैको विवेक नरहोस भनेर कसले श्राप दिएका थिए ? – काजी भिम मल्लकी रानी सतिदेविले सति जाने वेलामा
६३. ९९ चोकको दरवार भन्नाले कुन दरवारलाई चिनिन्छ ? -भक्तपुर दरबार
६४. सिमसिमे राजा भनेर कसलाई चिनिन्छ ? – सदाशिवसींह मल्ल
६५. प्रजाले खाए पछि मात्र खाने राजा को हुन ? – महिन्द्र मल्ल
६६. अभयको मल्लको के भएर निधन भएको थियो ? – भुकम्पमा परेर
६७. छालाको मुद्रा चलाउने राजा को हुन ? -सिद्दिनरसींह मल्ल
६८. बालकको साल नाल काट्ने प्रचलन चलाउने को हुन ? -अंशुवर्मा
६९. काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पबृक्षको नाम के हो ?  – सुरतरु
७०. नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरी गोत्र परिवर्तन गरेका थिए । भने कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ? – ललितपुर

केही थप जानकारी

सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।
नेपालमा छापाखानाको स्थापना वि.सं. १९०८ मा भएको हो ।
वि.सं. २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।
प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।
उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।
सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्‍यो ।
अरनिको चीन जाँदा नेपालका राजा जयभीमदेव थिए ।
नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना वि.सं. १९५६ मा भएको हो ।
धवल पुस्तकालय पाल्पामा स्थापना भएको छ ।
केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।
राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।
नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team