क्रान्ति भन्नासाथ आमूल परिवर्तन भन्ने बुझिन्छ । क्रान्ति
राजनीतिक परिवर्तन सँग सम्बन्धित शब्दावली हो । विशेषतः क्रान्ति रक्तरञ्जित र
हिंसापूर्ण भएको पाइन्छ । राजनीतिक प्रणालीमा आमूल परिवर्तन ल्याउने विशेष
घटनाक्रम वा गतिविधी क्रान्ति हो । राजनीतिक क्षेत्रको यो शब्दावलीको प्रयोग अन्य
क्षेत्रमा भएको अमूल परिवर्तनलाई पनि बुझाउन प्रयोग गर्ने गरिएको पाइन्छ । उद्योग
क्षेत्रमा आएको आमूल परिवर्तनलाई औद्योगिक क्रान्ति, कृषि क्षेत्रमा आएको आमूल परिवर्तनलाई हरित क्रान्ति, संचारर सूचना प्रविधिको क्षेत्रमा आएको आमूल परिवर्तनलाई सूचना क्रान्ति तथा IT Revolution भन्ने गरिएको पाइन्छ । तसर्थ क्रान्तिलाई कुनै क्षेत्रको प्रणालीमा आएको
तात्विक परिवर्तनको रुपमा बुझिन्छ ।
बेलायत लगायत युरोपका विभिन्न
मुलुकहरुमा उद्योगको विकास, प्रविधिमा
नयाँपन रश्रम सम्बन्धमा आएको परिवर्तनलाई इतिहासमा औद्योगिक क्रान्तिका रुपमा
चिनिन्छ ।
कृषिमा आधारित विश्व अर्थतन्त्रको
स्वरुपमा परिवर्तन आई उद्योग कलकारखानाको विकास, कलकारखानामा नयाँ प्रविधिको उन्नयन र प्रयोग, कृषि श्रमको स्वरुपको ठूलो हिस्सा औद्योगिक श्रममा परिवर्तन, उत्पादन र उत्पादकत्वमा वृद्धि र यसैका परिणाम स्वरुप श्रमीक जीवन, संस्कृति,
Demography,रहनसहन जस्ता पक्षहरु समेतमा आएको परिवर्तनको समग्रतालाई औद्योगिक क्रान्तिको
रुपमा लिन सकिन्छ । अठारौं र उन्नाइसौं शताव्दीमा वेलायत लगायत युरोपका विभिन्न
मूलुकहरुमा उद्योगको विकास प्रविधिमा नयाँपन रश्रम सम्बन्धमा भएको परिवर्तनलाई
विश्व इतिहासमा औद्योगिक क्रान्तिको रुपमा चिनिन्छ। औद्योगिक क्रान्ति अठारौं
शताब्दीको मध्य बाट शुरु भई र उन्नाइसौं शताब्दीको मध्य सम्म देखापरेको गतिविधी
हो।
संकुचित अर्थमा हेर्ने हो भने हाते
उत्पादन प्रणाली बाट मेशिनद्वारा उत्पादन शुरुभएको घटनाका रुपमा यस क्रान्तिलाई
बुझ्न सकिन्छ भने ब्यापक अर्थमा समाज कृषि अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रमा
रुपान्तरीत भईउत्पादन र उत्पादकत्वमा परिवर्तन ल्याउंदै विश्वका कुनै न कुनै
मुलुकमा केही न केही मात्रामा आर्थिक, सामाजिक,
साँस्कृतिक रराजनैतिक परुपमा परिवर्तन ल्याृन सफल एक महान, अभूतपूर्व तथा विश्व ब्यूँत्याउन सफल रक्तपात विहिन क्रान्तिको रुपमा लिन
सकिन्छ । यसर्थ ब्यापक दृष्टिकोण अनुसार औद्योगिक क्रन्ति हालसम्म पनि जारी छ भन्न
सकिन्छ । यो एक महान रुपान्तरण थियो यद्यपी यसलाई क्रान्ति भनियो किनकी यसले आम
जीवनको कार्यपद्धती र कार्यशैलीलाई कायापलट गर्न सफल भयो । यस महान रुपान्तरणलाई
क्रान्तिको संज्ञा दिने प्रथम ब्यक्ति Arnold Toynbee थिए । औद्योगिक क्रान्तिले युरोपम
हुंदै पूरै विश्वभर नै प्रभाव पारे ता पनि यसको शुरुवात र अग्रगती इंगल्याण्डमा नै
भएको थियो ।
औद्योगिक क्रान्ति इङ्गल्याण्डमै
किन ?
१. इङ्गल्याण्डको उद्योग मैत्री नीति र कानूनहरु,
२. सुस्थिर शासन,
३. समुद्रसँगको आवद्धता, वन्दरगाह र जलवायुको अनुकूलता,
४. कृषि क्रान्ति, उत्पादन र
उत्पादकत्व वृद्धि,
५. कृषिमा वढी भएको श्रमको स्थानान्तरण, साना कृषकहरुको पलायन, सस्तो श्रम,
६. ठूलो उपनिवेशबाट कच्चा पदार्थको उपलब्धता,
७. पूँजीको उपलब्धता,
८. नयाँ–नयाँ आविश्कारहरु,
९. १८औं शाताब्दीका क्रान्तिहरु
(अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली
राज्यक्रान्ती आदी) ले मद्धत पुग्नु आदि ।
औद्योगिक क्रान्तिको विकासक्रमः
कपडाको विकासः– बेलायतले सन्
१७०० तिर हिन्दुस्तान, चीन र इरानबाट आउने
सुतिका कपडा आयातमा प्रतिबन्ध लगायो । फलस्वरुप बेलायतमा कपडा उद्योगको ब्यापक
विकासहुन पुग्यो ।
कृषि क्रान्तिः– इङ्गल्याण्डमा सत्रौं शताब्दीको अन्त्यसम्म कृषि प्रमुख पेशा थियो, मुलुक कृषि थियो । कृषि प्रविधि परम्परागत थियो । Alternate Farming System प्रयोगमा थियो अर्थात २ वर्ष खेती गरेपछि १ वर्ष खेत बाँझो राखिन्थ्यो ।
वैज्ञानिक खेती प्रणाली थिएन । जनसंख्या बढ्दो थियो । मुलुक युद्धमा होमिएको
अवस्था थियो । अर्थतन्त्रलाई सुदृढ बनाउन खेती प्रणालीमै परिवर्तन आवश्यक थियो ।
बैज्ञानिक खेती प्रणालीको शुरुवात
गर्न जेथ्रोतुलले सन् १७०१ मा ड्रिल मेशिन (खेत जोत्ने, बीउ खसाउने) कावे आविश्कार गरे । त्यस्तै पशुपालन तरिकामा सुधाररवर्ट वेलले
गरे । अठारौं शताब्दीको प्रारम्भमा स–साना टुक्रा खेतहरुलाई Farm प्रणालीमा रुपान्तरण गरी व्यवसायिक खेती गर्ने प्रचलनलाइ प्रोत्साहन गरियो ।
जसले गर्दा साना खेतहरु सुरक्षित भएनन र किसानहरु आफ्नो खेत विक्री गर्न बाध्य भए
। यसले गर्दा जमिनको चक्लावन्दी हुनसक्यो । त्यस्तै उन्नत पशुपालन शुरु गरियो ।
वाली लगाउन कृषि औजारहरुको आविश्कार गरियो (जस्तो–ड्रिल) । यसरी कृषि क्रान्ति सम्भव भयो । कृषि क्रान्तिले २ वटा प्रभावहरु
दियोः–
(१) उत्पादन र उत्पादकत्व वढी औद्योगिक कच्चा
पदार्थ वढी उपलब्ध भयो,
(२) साना किसानहरु खेतलाई चक्लाबन्दी गर्न नसकेर, नयाँ कृषि औजार खरीद गर्न नसकेरर ठूला जमिन्दारहरुको चेपमा परेर खेत बेची
शहरतर्फ बसाई सर्न वाध्य भए, जसले औद्योगिक
श्रमिक वढ्न गयो ।
Flying-Shuttle को आश्विकारः सन् १७४३ मा John Kay n] Flying Shuttle को आश्किार गरे । यसले गर्दा थोरै समयमा धेरै कपडा बुन्न सकियो । यसैबाट नयाँ
आविश्कारको क्रम शुरु भयो ।
Spinning
Jenny
को आश्किारसन् १७६४ James Hargraves ले Spinning Jenny नामक धागो कात्न नयाँ मेशीनको आविश्कार गरे जसबाट एउटा चक्का घुमाउँदा आठ वटा
चक्का घुमी आठगुना वढी धागो कात्न संभव भयो । उनले यो मेशिनलाई आफ्नी श्रीमतीको
सम्झनामा उनको नामबाट Spinning
Jenny नाम राखे ।
Water
Frame को आविश्कारः सन् १७६९ मा Arkwright ले पानीबाट चल्ने धागो कात्ने मेशिनको आविश्कार गरे जसलई Waterframe नाम दिइयो । यसबाट हाते युगबाट कारखाना युगमा प्रवेश भयो ।
Mule को आविश्कारःसन् १७७९ मा Samuel
Cromptin ले पानीबाट चल्ने कपडा बुन्ने मेशिन आविश्कार गरे, जसले मिहिन कपडा वुन्न सम्भव भयो ।
Powerloom को आविश्कारः सन् १७८४ मा Edmond
Cartwright ले जलशक्तिबाट चल्न सक्ने कपडा बुन्ने मेशिनको आविश्कार गरे जसलाई Powerloom नाम दिइयो । यसबाट छिटो र धेरै कपडा वुन्न सम्भव भयो ।
Cottongin को आविश्कारः सन् १७९३ मा अमेरिकाका Whitney ले कपासको गेडा
छुट्याई धागो कात्ने मेशिन बनाए जसलाई Cottongin नाम दिइयो ।
फलाम र कोइलाको प्रयोगः वेलायतमा Iron Ore बाट प्रशोधित फलाम तयार गर्ने प्रविधि राम्ररी विकास भइसकेको थिएन । मेशिनहरु
काठका हुन्थे । अठारौं शताब्दीमा कोइलाबाट फलाम पगाल्ने प्रविधि शुरु भयो । यसले
गर्दा फलामको उत्पादन बढ्न गयो । फलामको उत्पादन वृद्धि पश्चात मेशिन युग व्यापक
हुनगयो । फलामे मेशिनहरु वने, फलामको पुल
वन्यो,
फलामको जहाज वन्यो, रेल वन्यो । त्यसैगरी कोइलाका नयाँ–नयाँ खानीहरु वने । त्यस्तै मोटरगाडहिरु वने र दास्रो चरणको औद्योगिक
क्रान्तिको युग अगाडि बढ्यो । हम्फ्री डेभी ले सन् १८१५ मा सेप्टी ल्याम्पको विकास
गरे जसले कोईला खानीमा हुने दुर्घटना कम ग¥यो ।
Steam
Engine
को आविश्कारः सन् १७६९ मा वेलायतका James Watt ले वाफबाट चल्ने इञ्जिन वनाए । यसबाट हाते इञ्जिन र वायुशक्तिबाट चलने
इञ्जिनको विकल्पको विकास भयो। यसमा Refinement सँगै यो प्रविधिबाट कपडा मिल
चलाउनुको अतिरिक्त George
Stephenson ले वाष्पशक्तिबाट संचालन हुने रेल बनाए। समुद्री जहाज समेत आविश्कार भई संचालन
हुन थाल्यो ।
यातायातका साधनहरुको व्यापकताः
आविश्कारको क्रमसँगै जर्ज स्टिफेनले सन् १८१४ मा रेलर पानीजहाजहरु वनाइएरर यात्रा
सहज हुनगयो । तत्पश्चात दोस्रो पुस्ताको औद्योगिक क्रान्ति शुरु भयो। गाडी, विजुली संचारका उपकरणहरु, विद्युतबाट
चल्ने रेल,
डिजल इन्जिन, हजाइजहाज आदिको
आविश्कार भई औद्योगिक क्रान्ति पश्चात् अरु क्षेत्रको क्रान्ति सम्भव भयो।
औद्योगिक क्रान्तिको
प्रभावःऔद्योगिक क्रान्तिले सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभवहरु ल्याएको
छ । औद्योगिक क्रान्तिको प्रभाव इतिहासमा युगान्तकारी रहेको देखिन्च। राजनीतिक
क्रान्तिले ल्याउन नसक्ने किसिमका प्रभावहरु औद्यागिक क्रान्तिले ल्याईदियो । यसका
सामाजिक,
आर्थिक, प्राविधिक, साँस्कृतिक,
मनोवैज्ञानिक लगायतका क्षेत्रहरुम प्रभावहरु देखिएका छन् ।
सकारात्मक प्रभावः
१. उत्पादन र उत्पादकत्वमा
वृद्धिःऔद्योगिक क्रान्तिले Mass
Production गर्नसक्ने ठूला मेशिनहरुको प्रयोग बढायो, जसले गर्दा Scale
Production सम्भव भयो । त्यस्तै श्रमको गतिशिलता रत्यसँगै Labour Professionalism बढ्यो र Per Unit Labour को Production बढ्न गयो । श्रमको प्रतिस्पर्धी क्षमता पनि वढ्यो । Raw Materials को Refinement सम्भव भयो । यी सवै काराहरुले गर्दा औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि भयो
।
२. औद्योगिक शहरको
विकासःउद्योगहरुको विकास सँगै औद्योगिक क्षेत्र वरपर जनसंख्या र वस्ती वढ्न गयो । Industrial Slum को विकास भयो । शहरी पूर्वाधारहरु बढ्न थाल्यो । वाटोघाटो,यातायातका साधनहरु, वजार, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्थाहरु, मनोरञ्जन केन्द्रहरु वढ्न थाले । उपभोगवादी संस्कृती वढ्यो । यसले गर्दा
औद्योगिक शहर विकास भयो ।
३. श्रम सम्बन्ध, ट्रेड युनियन र सामूहिक सौदावाजी अभ्यास वृद्धिः औद्योगिक श्रमिकहरुको वृद्धि
सँगै उनीहरुको दीनहिनता, गरिवी, श्रमीकको हकतीतजस्ता विषयहरुमा ध्यानाकर्षण हुनथाल्यो । मावर्सवादी चिन्तनको
विस्तारसँगै मजदुर संगठनहरु स्थापनाको क्रम शरु भयो । उनीहरुले आफ्नो हीतको लागि
संगठनरट्रेड युनियन गठनसँगै व्यवस्थापन रराज्यसँग माग राख्ने हड्ताल गर्ने र आफ्नो
माग पूरा गराउने तरिकाहरु अवलम्वन गर्न थाले । यसबाट श्रमिकको हकहीतको
ग्यारेन्टीले महत्व पाउन थाल्यो ।
४. राजनीतिक प्रभावः औद्योगिक
क्रान्तिसँगै पेशागत हकहीतको लागि काम गर्न थालियो । तत्पश्चात् औद्योगिक श्रम
नेतृत्वबाट मुलुककै राजनीतिक नेतृत्वको वकास एवं लोककल्याणकारी राज्य र
लोककल्याणकारी नीति अवलम्वनलाई जोड दिन थालियो । यसले उत्तरदायी शासन प्रणाली र
नयाँ लोकतान्त्रिक प्रणालीको उद्भवमा योगदान ग¥यो ।
५. प्रविधिको विस्तारः नयाँ–नयाँ आविश्कारहरुले गर्दा प्रविधिको विस्तार हुनगयो । यस्तो प्रविधिको
विश्वव्यापी प्रसारको क्रम शुरु भई विकासको लाभ जनस्तरसम्म पुग्न गयो ।
६. आयआर्जनमा ररोजगारीमा वृद्धि ।
नकारात्मक प्रभावः
१. परम्परागत र घरेलु उद्योगको
नाशः ठूला उद्योगधन्दा विकास सँगै साना स्तरका र परम्परागत एवं हस्तक्षमतामा
आधारित शिल्पो नाश हुनगयो । यसले गर्दा कतिपय मौलिक र आफ्नै पहिचानयुक्त सीप एवं
उद्यम नष्ट भई त्यस्तो वर्गका सीमान्तकिरणमा वृद्धि हुन पुग्यो ।
२ वेरोजगारीः जनसंख्याको वृद्धि
एकातिर हुँदैगाये भने अर्कोतिर ठूला मेशिन र कलकारखानाको वकासले गर्दा धेरैले
रोजगारी गुमाउने अवस्थाको सिजृना भयो । यसले वेरोजगारी वढायो ।
३ जनसंख्यामा वृद्धिः औद्योगिकीकरणले
औद्योगिक जनसंख्या वढायो । जन्मदर घट्न सकेन, वरु स्वस्थ्य सुविधाले गर्दा मृत्युदर घट्यो र जनसंख वृद्धि उच्च रह्यो ।
वसाईसराई वढ्यो ।
४ पारिवारीक विखण्डनः गाउँबाट
शहरमा वसाई सराईसँगै पारिवारीक वखण्डन बढ्यो । गाउँमा वृद्धवृद्धा,अपाङ्ग,
र असक्तहरु मा रहन थाले । मानिसहरुमा आफूलाई मात्र हेर्ने
प्रवृति वढ्न थाल्यो । Divorce
rate वढ्न थाल्यो ।
५. मजदुरको अवस्था दयनीयः श्रमको
शोषण बढ्यो,
जसले गर्दा मजदुरको अवस्था दयनीय हुन पुग्यो ।
६. पूँर्जपति वर्गको उदय,
७. साम्राज्यवादको विस्तार,
८ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र युद्ध ।
# औद्योगिक क्रान्ति कहिले भएको थियो ? – सन् १७६०–१८४० –करिब १८ औं शताब्दीको मध्ये देखि १९ औं शताब्दीको मध्यसम्म)
# औद्योगिक क्रान्तिको शुरुवात कहाँबाट भएको थियो ? –बेलायत
# यूरोपको औद्योगिक क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?– बेलायतको औद्योगिक क्रान्ति
औद्योगिक क्रान्तिका मुख्य परिणामहरु
१. घरेलु उद्योगधन्दाको अन्त्य २. बेरोजगारीको समस्या ३. मजदुरहरुको दयनीय अवस्था ४. जनसंख्यामा बृद्धि ५. आर्थिक बृद्धि ६. नयाँ वर्ग र पूँजीवादको उदय
७. समाजवादको उदय एवं
साम्राज्यवादको विकास तथा विस्तार ८.
मजदुर संगठन ९. उदारवादी प्रजातान्त्रिक
व्यवस्था
#
औद्योगिक क्रान्ति
कहिले भयो ? –करिब अठारौं शताब्दीको
मध्यदेखि उन्नाइसौं शताब्दीको मध्यसम्म (१७६०–१८४०)
#
युरोपका औद्योगिक
क्रान्तिको शुरुवात सर्वप्रथम कुन देश बाट भएको थियो ? –बेलायत
#
औद्योगिक क्रान्तिको
शुरुवात सर्वप्रथम कुन क्षेत्रबाट भएको थियो ? –कपडा उत्पादन
#
समाजवादको जन्म कुन
घटनाक्रमको परिणामस्वरुप भएको भनिन्छ ? –औद्योगिक क्रान्ति
#
It was peaceful revolution but a far reaching
one and it has influenced life all over the world more than anything in the
recorded history" यो भनाई कसको हो ?–जवाहरलाल नेहरु
#
औद्योगिक क्रान्ति
जस्तो लामो समयक्रममा हुने परिवर्तनलाई क्रान्ति भन्नु हुँदैन भन्ने विद्वान को
हुन् ? – Arnold Toynbee
#
सा–साना टुक्रा जग्गालाई मासेर ठूलो
बनाई घेरिने प्रथालाई के भनिन्थ्यो ? –घेराबन्दी प्रथा
#
औद्योगिक
क्रान्तिपश्चात् समाजमा कुन वर्गको स्थापना हुन पुग्यो ? –पूँजीपतिवर्ग र मजदूर वर्ग
#
बेलायतको औद्यौगिक
क्रान्तिलाई अर्को कुन नामले पनि चिनिन्छ ? –यान्त्रिक क्रान्ति
#
खानीमा काम गर्ने
मजदूरहरुको लागि क्बाभतथ ीबmउ को आविष्कार कसले गरेका हुन् ? –हम्फ्रे डेभी
#
जातका आधारमा श्रम
गर्ने पुरानो परम्परालाई के भनिन्थ्यो ? –गिल्ड सिस्टम
#
बेलायतमा सत्रौं
शताव्दीको अन्त्यसम्म प्रमुख पेशा के थियो ? –कृषि
#
थोरै समयमा धेरै कपडा
बुन्न सकिने यन्त्र ँथिष्लन क्जगततभिको आविश्कार कसले गरे ?–जोन के
#
Spinning Jenny नामक धागो कात्न नयाँ मेशीनको आविश्कार कसले गरे ? –जेम्स हारग्रेभ्स
#
Water Frame नामक पानीबाट चल्ने धागो कात्ने मेशीनको आविश्कार कसले गरे ?–रिचर्ड आर्कराइट
#
आधुनिक Factory पद्धतिका पिता भनेर कसलाई चिनिन्छ ? – Richard Arkwright
#
पानीबाट चल्ने कपडा
बुन्ने मेशीन (Mule) को आविश्कार कसले
गरे ? –स्यामुयल क्रम्प्टीन
#
Powerloom नामक जलशक्तिबाट चल्न सक्ने कपडा बुन्ने मेशीनको आविश्कार कसले गरे ? –ऐडमण्ड कार्टराइट
#
Whitney ले आविष्कार गरेको कपासको गेडा छुट्याई धागो कात्ने मेशीनको नाम के हो ? –कटनजिन
#
Steam Engine का आविश्कारक को हुन् ? –जेम्स वाट –१७६९
#
वाष्फ शक्तिबाट
सञ्चालन हुने रेल कसले बनाए ? –जर्ज स्टेफेन्सन
#
टेलीफोनको आविष्कार
कसले गरे ? –ग्राहम वेल
#
औद्योगिक क्रान्तिलाई
टेवा पु¥याउने कृषि औजारको रुपमा रहेको
ड्रिल नामक यन्त्रको आविष्कार कसले गरेका हुन् ?–जेथ्रोतुल (१७१७ मा)
#
Spinning Jenny/Water Frame नामक दुवै यन्त्रको गुण भएको यन्त्रको नाम के थियो ? –स्पीनिङ्ग म्युल
#
औद्योगिकक्रान्तिको
परिणामस्वरुप सन् १८०० पछिका दुईशताव्दीमा विश्वको औषत प्रतिव्यक्तिआय कति वृद्धि
भयो ? –दशगुना
#
कागजको आविष्कार कुन
मुलुकबाट भएको हो ? –चीन
#
औद्योगिक
क्रान्तिपश्चात् समाजमा कुन वर्गको स्थापना हुन पुग्यो ?–पूँजीपती वर्ग र मजदुर वर्ग
#
बेलायतको औद्योगिक
क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ? –यान्त्रिक
क्रान्ति
#
पावरलुमका आविष्कारक
को हुन् ? –एडमण्ड कार्टराइट (सन् १७८५ मा)
#
वाफबाट चल्ने मेशिनको
आविष्कार कसले गरेका हुन् ? –जेम्स वाट
# खानीमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि “सफ्टी ल्याम्प” को आविष्कार कसले गरेका हुन् ?–हम्फ्री डेभी
यस्तै अन्य अध्ययन सामग्रीका लागि यहाँ क्लिक गरी रजिष्टर गर्नु होस् ।
Leave Your Comment