Logo

Blog Details

प्रमुख खस राजाहरू को संक्षिप्त परिचय

SS Team 2025-04-18 07:19:33 3373 17

नेपालको इतिहासलाई राजनीतिक विभाजनका आधारमा तीन कालखण्डमा विभाजन गरी अध्ययन गर्ने गरिन्छ । ती कालखण्डहरू प्राचीन काल, मध्य काल र आधुनिक काल हुन् । वि.स. ९३७ भन्दा अगाडिको कालखण्ड प्राचीन काल, वि.स. ९३७ देखि १८२५ सम्मको मध्य काल र त्यसपछिको समयलाई आधुनिक काल भनिन्छ । प्राचीन कालमा गोपाल, महिषपाल, किरात तथा लिच्छवी सभ्यताहरूको विकास भएको थियो । लिच्छवी कालमा नेपालको आकार झन्डै अहिलेको नेपाल जत्तिकै ठुलो थियो ।

मध्यकाललाई पूर्वमध्यकाल र उत्तर मध्यकालका रूपमा विभाजन गरिएको छ । पूर्वमध्यकालीन अवस्थाका बारेमा प्रयाप्त जानकारीहरू नभएका कारणले यसलाई अन्धकारको युगसमेत भनिएको छ । पूर्वमध्यकालमा हालको नेपाल मुख्य रूपले तीन खण्डहरूमा विभाजित थियो । तिनीहरू सिंजा क्षेत्र वा खस राज्य, सिम्रौनगढ क्षेत्र वा तिरहुत वा डोय राज्य र नेपाल मण्डल वा नेपाल राज्य थिए । नेपाल मण्डल बागमती क्षेत्र वा काठमाडौँ उपत्यकाका नामले परिचित थियो ।

उत्तरमध्य कालमा आएर ती राज्यहरू पनि कमजोर हुँदै गए र हालको नेपालको कर्णाली प्रदेशमा बाइसी राज्य, गण्डकी प्रदेशमा चौबिसी राज्य, बागमती प्रदेशमा तीन मल्ल राज्य र पाल्पादेखि पूर्वी दक्षिणको प्रदेशमा तीनओटा सन राज्यहरू थिए । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई विजय गरी काष्ठमण्डप क्षेत्रलाई राजधानी बनाएर त्यहीबाट शासन गर्न थालेपछि आधुनिक कालको सुरुआत हुन्छ ।

सिंजा राज्य

पूर्व मध्यकालमा नागराजले स्थापना गरी विकसित भएको कर्णाली प्रदेशको सिंजा राज्य चौधौं पुस्ताका राजा अभय मल्ल निःसन्तान रहँदा वि.स. १४५० देखि यो साम्राज्य छिन्नभिन्न हुन गयो । प्रमुख खस राजाहरूको संक्षिप्त परिचय यस प्रकार छ:-

१. नागराज

तिब्बतको गुगेबाट आएका नागराजले बाह्रौँ शताब्दीको सुरुतिर कर्णाली प्रदेशको सिंजा उपत्यकालाई राजधानी बनाई खस राज्यको स्थापना गरेका थिए । उनले राज्य सञ्चालनको लागि स्थिति र बन्दोवस्त मिलाएका एकाइ थिए । यो राज्यको सिमाना स्पष्ट बताउन सकिँदैन तर राज्यको पूर्ण रूपमा विकास र विस्तार भएको अवस्थामा यसको सिमाना पूर्वमा त्रिशुली नदी, पश्चिममा लद्दाख, उत्तरमा तिब्बतको गुगे नदी र दक्षिणमा भारतको भागीरथी नदीसम्म पैmलिएको थियो । नागराजपछि उनको वंशका चाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल आदि राजा भए ।

२. क्राचल्ल

क्राशिचल्लपछि क्राचल्ल राजा भएका हुन् । यिनी सिंजाका छैटौं राजा थिए । उनी नागराजपछिका शक्तिशाली राजा थिए । यिनी आवश्यक्ताअनुसार विभिन्न कुटनीतिक योजनाहरू बनाउने र कार्यान्वयन गर्ने काममा निकै सिपालु थिए । कुमाउँको बालेश्वर महादेवको मन्दिरमा राखिएको सिलालेखमा क्राचल्लको योगदानको चर्चा गरिएको छ । यिनले आफ्नो राज्य कुमाउँसम्म विस्तार गरेका थिए । यिनको राज्यारोहणपछि खस राज्यको प्रमाणिक इतिहास सुरु भएको मानिन्छ । सुर्खेतको काँक्रेबिहारको निर्माण यिनैले गराएका थिए ।

३. अशोकचल्ल

अशोकचल्ल क्राचल्लका छोरा हुन् । उनी आफ्ना बाबुजस्तै प्रतापी र विजयी थिए । गढवाल, गया तथा बोधगयामा समेत यिनका प्रशस्तिका स्तम्भहरू प्राप्त भएका छन् । यिनी न्यायप्रेमी तथा धार्मिक राजा थिए ।

४. जितारी मल्ल

जितारी मल्ल अशोकचल्लका छोरा हुन् । यिनी मल्ल उपाधि ग्रहण गर्ने पहिलो राजा मानिन्छन् । यिनले काठमाडाँै उपत्यकाका मल्ल राजाहरूमाथि विजय प्राप्त गरेर मल्ल उपाधि लिएको अनुमान इतिहासकारहरूले गरेका छन् । यिनले तीनपटक काठमाडौँ उपत्यकामाथि आक्रमणसमेत गरेका थिए । खसहरूको आक्रमणबाट आत्तिएर त्यसबेलाका काठमाडौँ उपत्यकाका राजा अनन्त मल्लले जितारी मल्लसँग सम्झौता गरेका थिए ।

५. रिपु मल्ल

रिपु मल्ल अशोक चल्लका नाति जितारी मल्लका भाइ आनन्द मल्लका छोरा थिए । यिनी राज्यका उत्तराधिकारी नभए पनि बाजे जितारी मल्लको मृत्युपछि उत्तराधिकारी खाली भएपछि राजा बनेका थिए । धार्मिक तथा विद्वान हुनाले यिनले नेपाल मण्डलको यात्रा गर्नुका साथै लुम्बिनीको पनि भ्रमण गरेको कुरा अशोक स्तम्भमा अङ्कित रिपु मल्ल र उनका छोरा सङ्ग्राम मल्लको नामले स्पष्ट पार्दछ ।

६. आदित्य मल्ल

आदित्य मल्ल अशोक चल्लका नाति तथा जितारी मल्लका कान्छा छोरा हुन् । यिनी राज्यका उत्तराधिकारी काक्रे बिहास नभएका हुनाले भोटको मठमा भिक्षु बनी बसेका थिए । यसबेला खस राज्यमा षडयन्त्र सुरु भइसकेको थियो । यिनले रिपु मल्लका छोरा सङ्ग्राम मल्ललाई उत्तराधिकारीबाट हटाई राज्यको शासन आफ्नो हातमा लिए । यसबेला उपत्यकाको अवस्था खस राज्यहरूको काबुबाहिर जान लागेको हु्नाले यिनले काठमाडौँमाथि आक्रमण गरी आफ्नो आधिपत्य कायम राखे । यिनका छोरा नभएका हुनाले ज्वाइँ पुण्य मल्ललाई राज्यको उत्तराधिकारी बनाइयो ।

७. पुण्य मल्ल

राजा आदित्य मल्लकी छोरी सकुनमालाका पति पुण्य मल्ल धार्मिक सहिष्णु राजा थिए । बुद्धको आराधाना गर्दथे । उनले विभिन्न स्थानमा देवल, मठ, गुम्बा तथा मन्दिरहरू निर्माण गराई पूजा र संरक्षणका लागिजमाएका गुठीको समेत व्यवस्था गरेका थिए । यिनले काठमाडौंँ उपत्यकामा आक्रमण गरी ५ महिनासम्म कब्जा  जमाएका थिए ।

८. पृथ्वी मल्ल

पृथ्वी मल्ल पुण्य मल्लका छोरा हुन् । यिनले देशको सिमाना बढाउने मात्र काम नगरी राज्यको आन्तरिक प्रबन्धमा समेत ध्यान दिँदै प्रशासन सुधारका लागि मन्त्री र महाअमात्यहरूको नियुक्ति गरेका थिए । यिनले विद्या र सिपको कदर गर्दै विभिन्न सिप र योग्यता भएका मानिसहरूलाई पुरस्कार दिने र उनीहरूको आम्दानीमा कुनै किसिमको कर नलगाउने व्यवस्था गरेका थिए। यिनले भोट र भारतसँगको व्यापारलाई सुगम बनाउनका लागि सडक निर्माण गराएका थिए । यिनको शासनकालबाट तिब्बत र डोटी स्वतन्त्र भएकाले खस राज्यको अस्तित्वमाथि सङ्कट पैदा हुँदै गयो ।

दुल्लुको कीर्तिस्तम्भ यिनैले स्थापना गरेका हुन् । यो खस राज्यको भरपर्दो ऐतिहासिक स्रोत हो । नेपाली भाषाको विकास र विस्तारमा समेत यो स्तम्भमा कुँदिएका लिपिहरूको योगदान रहेको छ ।

९. अभय मल्ल

अभय मल्ल विशाल खस राज्यका अन्तिम राजा हनु । पृथ्वी मल्लका शासनकालपछि भारदारहरूमा शक्ति सङ्घर्षको थालनी भयो । त्यसलाई अभय मल्लर्ल  नियन्त्रण गर्न  सर्क  नने । अभय मल्लपछि सिंजाका शक्तिशाली भारदार मलय वमार्ल सत्ता कब्जा गरे । यो घटनासँगै  खस राज्य विभिन्न टुक्राहरूमा विभाजित भयो ।

सिंजा राज्यको सभ्यता आजका नेपाली सभ्यतामा खस सभ्यताको गहिरो प्रभाव परको छ। खस सभ्यताका बारेमा तल चर्चा  गरिएर्का  छ ।

१. राजनीतिक अवस्था

खस राजाहरूले विकेन्द्रीकारणको अभ्यास गरेका थिए । कर्णाली प्रदेशभन्दा अन्यत्रका क्षेत्रहरूमा स्थानीयहरूको जिम्मा लगाइएको थियो । प्रशासन, सैनिक सङ्गठन तथा न्यायका प्रमुख राजा हुने हुँदा राज्यका तीनओटै अङ्गहरू उनैद्वारा नियन्त्रित र निर्देशित हुने व्यवस्था थियो । राजाको जेठा छोरा राज्यको उत्तराधिकारी हुने र अन्य राजकुमारहरूले सेनापति, मण्डलेश्वर, अमात्य आदिका रूपमा रहेर शासनमा सहयोग गर्दथे ।

राजा पुत्रहीन भएमा ज्वाइँमा राज्यको उत्तराधिकार जाने गरेको देखिन्छ । राजकाजमा सहयोग गर्नका लागि महाअमात्य, अमात्य, भण्डारी, राजगुरु आदिको नियुक्ति गरिन्थ्यो । त्यसैगरी गुप्तचर, भूमि, प्रशासनिक, न्यायिक, तथा ग्राम प्रशासन हेर्नका लागि प्रेक्षक, अडै, अधिकारी, कार्की÷कारिक, रोकाया, महातारा आदि जस्ता पदहरूको सिर्जना गरिएको थियो । यसरी हेर्दा सिंजाको राजनीतिक सभ्यता व्यवस्थित रहेको देखिन्छ ।

२. सामाजिक अवस्था

मध्यकालीन खस समाज सुरुमा बौद्ध धर्मबाट प्रभावित हुनाले यो समाजमा वर्ण व्यवस्थामा आधारित जातअनुसारका कार्य विभाजन गरिएको थिएन । यिनीहरूले खस भाषा बोल्दथे र यहीँबाट नै खस भाषाको उत्पत्ति भएको हो । हाल आएर त्यही खस भाषा नेपाली भाषाको रूपमा विकसित भएको छ । समाजमा सर्वसाधारण वर्गका नारीको अवस्था कस्तो थियो भन्ने कुराको जानकारी पाईंदैन । तर राजपरिवारका नारीहरू भने निकै सम्मानित र उच्च ओहदामा थिए । दैलेख पादुकास्थानको सउना कार्की र सउना कक्र्यानीको देवलमा नारी पात्रको नाम हुनाले समाजमा नारीहरूको स्थान पुरुष समान रहेको बुझिन्छ।

३. धार्मिक अवस्था

सिंजा राज्य बौद्ध तथा हिन्दु धर्मको सङ्गमस्थल थियो । राजाहरू आपूmलाई वोधिसत्वको अवतार मान्दथे भने हिन्दु धर्मअनुसारका संस्कारगत कार्यहरू पनि गर्दथे । यस कालमा धार्मिक सहिष्णुताको राम्रो विकास भएको थियो । वेलावेला खस राजाहरू काठमाडौँ आई पशुपतिनाथ, स्वयम्भूनाथ तथा मच्छेन्द्रनाथको दर्शनसमेत गर्दथे । प्रसिद्ध खस राजा क्राचल्लले कुमाउँमा बालेश्वर महादेवको मन्दिर स्थापना गरी भूमिदान गरेका थिए भने क्राचल्लले सुर्खेतमा काँक्रे बिहार बनाउनुका साथै गडवालमा महादेवको मन्दिर स्थापना गरी त्रिशूल चढाएका थिए । रिपु मल्लले लुम्बिनीको दर्शन गरी अशोक स्तम्भमा आफ्नो नाम कुदाएका थिए ।

४. चाडपर्व

खस राज्यमा विभिन्न किसिमका चाडपर्वहरू मनाइन्थ्यो । ती चाडपर्वहरू हिन्दु तथा बौद्ध संस्कारसँग सम्बन्धित थिए । कुलपूजा, दसैँतिहार, बुद्ध जयन्ती, एकादशी, चैते दसैँ, नव वर्ष, वैशाख पूर्णिमा आदि सिंजामा मनाइने चाडपर्वहरू थिए ।

५. आर्थिक अवस्था

कृषि, पशुपालन, घरेलु उद्योग र उत्तरदक्षिण व्यापार आदि खस राज्यका प्रमुख आर्थिक अर्थोपार्जन गर्ने माध्यमहरू थिए ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team