हरेक मुलुकमा अर्थतन्त्रमा
कृषि, स्वास्थ्य, पर्यटन, उत्पादन,
सेवामुलक, व्यापारिक लगायत धेरै व्यवसायहरु
संचालनमा छन्। त्यस्तै प्रत्येक क्षेत्रमा एकै किसिमका सेवा तथा उत्पादन बिक्रि
गर्ने संस्थाहरु हुन्छन। एकै क्षेत्रमा काम गर्ने भएकाले कम्पनीहरु बीच
प्रतिस्पर्धा तथा ग्राहक आकर्षण गर्ने उपायहरु पनि भिन्न भिन्न हुने गर्छ। यहि
व्यवसायिक प्रतिस्पर्धा तथा ग्राहक समक्ष्य आँफुलाई पृथक देखाउने क्रममा
ट्रेडमार्कको महत्व सुरु हुन्छ।
विश्वमा सफल
वस्तु तथा सेवा हरुको नक्कल हुने क्रम दिनानुदिन बढ्दै गएको पाइन्छ। धेरैले अन्य
व्यवसायको चिन्ह, ट्यागलाइन, नाम तथा अन्य
बौद्धिक सम्पति नक्कल गरि ग्राहकलाई उल्लु बनाइरहेका हुन्छन। आफ्नो वौद्धिक सम्पति
लाई अरुबाट सुरक्षा गर्न र अनधिकृत प्रयोग रोक्न पनि ट्रेडमार्क निकै महत्वपुर्ण
हुने गर्छ।
उद्यमीले
आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छ। एउटै
व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन्। त्यसैले उद्यमीले आफूले उत्पादन गरेको
सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन्। व्यवसाय वा
ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई
ट्रेडमार्क भनिन्छ। कुनै फर्म कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित माल सामान वा
आफूले प्रदान गर्ने सेवालाई अरूको माल सामान वा सेवाभन्दा फरक देखाउन प्रयोग गरिने
शब्दचिन्ह वा चित्र वा शब्दचिन्ह र चित्र तिनवटैको संयोगलाई ट्रेडमार्क भनिन्छ।
यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसाय भन्दा फरक देखाउन मद्दत
गर्छ। ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन।
ट्रेडमार्क
हजुरको व्यवसायले प्रदान गर्ने सेवा वा वस्तुलाई चिनाउने चिन्ह, नाम
वा ट्यागलाइन हो जसमा केवल हजुरको मात्र हक लाग्ने गर्छ। एक पटक उधोग बिभागमा
दर्ता भएपछी यो हजुरको वौद्धिक सम्पति भएको मानिन्छ र अन्यलाई यसको अनधिकृत
प्रयोगबाट रोक्न सकिन्छ।
उदाहरणको लागि, ‘डाबर’
नामको ट्रेडमार्क डाबर नेपाल लिमिटेड (एक कम्पनी)को नाममा दर्ता छ र यसलाई उक्त
कम्पनीले आफ्नो सबै उत्पादनमा प्रयोग गर्न पाउंछ। डाबर नेपाल लिमिटेडको सहमति बिना
अरु कसैले पनि डाबर नामको शब्द आफ्नो उत्पादनमा प्रयोग गर्न पाउंदैनन।
ट्रेडमार्क
यस्तो चिन्ह हो जसले कुनै पनि व्यवसायले उत्पादन गरेको बस्तु तथा सेवालाई अन्य
बस्तु वा सेवासंगको भिन्नता दर्शाउने गर्छ| यसले प्रतिस्पर्धात्मक बजारमा व्यवसायिक उत्पादनको
रक्षा गर्नुको साथसाथै फरक पहिचान दिलाउन सहयोग गर्छ ।
प्रतिस्पर्धात्मक
बजारमा हुबहु मिल्ने डिजाइन वा चिन्हको चोरी हुनु कुनै नौलो कुरा हैन। यसमार्फत
व्यवसायले विभिन्न घाटा बेहोर्नुपरेको हुन्छ। ट्रेडमार्क दर्ता पश्चात हजुरको
व्यवसायले यस्ता चोरी र जथाभावी प्रयोगमा रोक लगाउन सक्छ। यसका साथै ट्रेडमार्क
बहुमुल्य व्यवसायिक सम्पति पनि हो जस्तै हामी रोयल्टी वा बिक्रि गरि आयआर्जन गर्न
सक्छौं।
यदि हजुरले
आफ्नो ट्रेडमार्क दर्ता गर्नुभएन भने अरुले प्रयोग गरिदिन्छन। आंफुले दुख गरेर
बनाएको ब्रान्ड नक्कल भयो भने कसलाई पो चित्त दुख्दैन र साथै जब हजुरको व्यवसाय
ग्राहकमा प्रचलित हुँदै जान्छ तब यसको अनाधिकृत प्रयोग हुने सम्भावना पनि अधिक हुन
थाल्छ।
ट्रेडमार्क दर्ता
गर्नुका केहि फाइदाहरू निम्न बमोजिम रहेका छन्:
१.
ब्रान्डको कानुनी स्वामित्व संरक्षण गर्दछ
नेपालमा कुनै पनि
ब्रान्डको कानुनी संरक्षण प्राप्त गर्न ट्रेडमार्क दर्ता अनिवार्य छ। एक पटक
उद्योग विभागमा दर्ता भएपछी ट्रेडमार्क हजुरको वौद्धिक सम्पति मानिन्छ र कसैले
उस्तै देखिने लोगो तथा नाम प्रयोग गरेमा कानुनी प्रक्रिया अगाडी बढाउन सकिन्छ|
२. ग्राहक
समक्ष बलियो छाप
ट्रेडमार्क दर्ता
पश्चात जब हजुरको ब्रान्ड सुरक्षित हुन्छ तब अनु कसैले यसलाई नक्कल गर्न पाउंदैनन| यसले
ग्राहक समक्ष हजुरको व्यवसायलाई नौलो आयाम मिल्छ| व्यवसायले
आफ्नो गुणस्तर र ग्राहक सन्तुष्टिमा मज्जाले ध्यान दिन पाउँछ|
३.
ब्राण्डको मूल्य बढ्छ
राम्रो ब्रान्डसंग को
नै जोडिन चांहदैन र| जब हजुरको व्यवसायले सफलताको शिखर चुम्न थाल्छ तब
यसलाई खरिद गर्ने तथा जोडिने व्यवसायिक साथीहरुको कमि हुँदैन| परिहाल्यो भने यसलाई प्रयोग गर्ने अधिकार तथा बजारीकरणको सम्झौता पनि
बिक्रि गर्न सकिन्छ|
४. व्यवसाय
साझेदारीको सम्भावना
हामीले बजारमा देख्ने
ब्रान्डहरु,
जस्तै Apple, Samsung, KFC, Pizza Hut इत्याधिले संसारको विभिन्न स्थानमा साझेदारी गर्दै आफ्नो व्यवसायलाई कैयौं
गुणा बढाएका छन्| राम्रो ब्रान्ड तयार हुँदा व्यवसायिक सफलता
बढाउने मौका पनि उत्तिकै बृध्दि हुन्छ|
Leave Your Comment