Logo

Blog Details

बागमती प्रदेश (Bagmati Province) को परिचय

SS Team 2025-01-27 21:16:53 1026 1
बागमती प्रदेश (पहिले प्रदेश नं. ३) नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ। बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री ५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । बागमती प्रदेशको पूर्वमा कोशी प्रदेश   पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मधेश प्रदेश र भारतको विहार राज्य पर्छ। स्थानीय सरकार सञ्चालन ऐन२०७४ मा उल्लेखित तथ्य अनुसारधादिङदोलखारसुवासिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्लानुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्लाकाठमाडौँभक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुलीचितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्। बागमती प्रदेशमा १३ जिल्ला छन् ।

नेपालका प्रदेशहरूमा समावेश जिल्लाहरू

कोशी प्रदेश:

झापा  · इलाम  · पाँचथर  · ताप्लेजुङ  · मोरङ  · सुनसरी  · धनकुटा  · तेह्रथुम  · भोजपुर  · सङ्खुवासभा  · उदयपुर  · खोटाङ  · ओखलढुङ्गा  · सोलुखुम्बु

कर्णाली प्रदेश:

पश्चिम रुकुम  · सल्यान  · सुर्खेत  · दैलेख  · जाजरकोट  · डोल्पा  · जुम्ला  · कालिकोट  · मुगु  · हुम्ला

गण्डकी प्रदेश:

गोर्खा  · तनहुँ  · स्याङ्जा  · लमजुङ  · कास्की  · मनाङ  · मुस्ताङ  · पर्वत  · बागलुङ  · म्याग्दी  · नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०

बागमती प्रदेश:

काठमाडौँ  · ललितपुर  · भक्तपुर  · काभ्रेपलाञ्चोक  · धादिङ  · नुवाकोट  · सिन्धुपाल्चोक  · रसुवा  · रामेछाप  · दोलखा  · सिन्धुली  · मकवानपुर  · चितवन

मधेश प्रदेश:

धनुषा  · महोत्तरी  · सर्लाही  · सप्तरी  · सिराहा  · रौतहट  · बारा  · पर्सा

लुम्बिनी प्रदेश:

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०  · पाल्पा  · रूपन्देही  · कपिलवस्तु  · अर्घाखाँची  · गुल्मी  · दाङ  · प्युठान  · पूर्वी रुकुम  · रोल्पा  · बाँके  · बर्दिया

सुदूरपश्चिम प्रदेश:

कैलाली  · डोटी  · अछाम  · बाजुरा  · बझाङ  · कञ्चनपुर  · डडेल्धुरा  · बैतडी  · दार्चुला

 
यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.८ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको छ ।
२०७८ को जनगणना अनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ६,११६,८६६  रहेको छ जसमा ३०,६८,१८२ महिला र ३०४८६८४ पुरुष रहेका छन्। यस प्रदेशको जनसङ्ख्याको नेपालको कुल जनसङ्ख्याको २०.९७% रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश समेत हो। यस प्रदेशको जन घनत्व प्रति वर्ग किलोमिटर ३०१ जना रहेको छ जुन देशकै दोस्रो सबैभन्दा उच्च हो।
जातीय समूहहरू : तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो जहाँ तामाङहरूको सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २०.५४ हुन आउँछ। बाहुन अथवा ब्राह्मण १८.३२% जनसङ्ख्याको साथ प्रदेशको दोस्रो ठूलो जातीय समूह हो। यसका साथै यस प्रदेशका अन्य धेरै जनसङ्ख्या भएको जातिहरूमा क्षेत्री (१७.१३) र नेवार (१७.०७%) पर्दछन्। यसका साथै मगरविश्वकर्मागुरुङको जनसङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको क्रमशः ४.८७%२.५२% र २.२२% रहेको छ। थारूराईदमाईसार्की र चेपाङको जनसङ्ख्या क्रमश: प्रदेशको कुल जनसङ्ख्याको १.६३%१.५२%१.३६%१.३३% र १.१६% रहेको छ।
जातिगत रूपमा यस प्रदेशमा मूख्यतः तामाङ (२०.४२ प्रतिशत)पहाडी ब्राह्मण (१८.२८ प्रतिशत)क्षेत्री (१७.२८ प्रतिशत) र नेवार (१६.९२ प्रतिशत) समुदाय रहेका छन् भने १०४ वटा जातिहरू (अन्य समेत) को उपस्थिति १ प्रतिशत भन्दा कम छ ।
भाषाहरू : देशको राष्ट्रिय भाषा नेपाली सबैभन्दा प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा हो। प्रदेशको कुल जनसङ्ख्याको ६७.२३% मानिसहरू नेपाली मातृभाषी हुन्।तामाङ १८.४९% र नेपाल भाषा मातृभाषीहरूको जनसङ्खया क्रमशः १८.४९% र १२.४४% रहेको छ। प्रदेशमा बोलिने अन्य भाषाहरूमा मगर (१.८२%)थारू (१.३३%)मैथिली (१.१९%)गुरुङ (०.९३%) र चेपाङ (०.८५%) रहेको छ।
 धर्महरु : प्रदेशमा ७१.७८% मानिसहरू हिन्दु धर्मका अनुयायीहरू हुन् भने। दोस्रो ठूलो धर्ममा बुद्ध पर्दछ जहाँ यसकमाा अनुयायीहरू २३.२८% रहेका छन्। यस्तै अन्य धर्महरूमा ईसाई २.८७% र इस्लाम ०.६७% रहेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाग्मती प्रदेशको जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।
 
यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेशसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो।
बागमती प्रदेशको सबैभन्दा होचो भाग चितवन जिल्लाको गोलाघाट (१४१ मिटर) र अग्लो भाग रसुवा जिल्लाको लाङटाङ हिमालको लिरुङ (७२२९मिटर) रहेको छ । बागमती पद्रशको धरातलीय विविधतासंगै चुरे पवर्त , भित्रीमधसे र नदीबेसिँमा उपोष्ण हावापानी, पहाडी क्षेत्रमा समशीतोष्ण हावापानी र उच्च हिमाली क्षेत्रमा टुन्ड्रा हावापानी पाइन्छ ।
यहाँ उचाइ बढेअनुसार हावापानी, तापक्रम र वर्षाको मात्रा फरक पर्दै जान्छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँदमा हिउँ पर्छ । पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समशीतोष्ण हावापानी पाइन्छ । भित्रीमधेसका जिल्लामा ग्रीममा गर्मी र हिउँदमा थोरै मात्र चिसो हुन्छ । यहाँ ग्रीष्ममा मनसुनी वायुले सालाखाला ११०० देखि ३००० मि.मि. र हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ । बागमती प्रदेशमासुनकोसी, इन्द्रावती, तामाकोसी, लिखु,त्रिशूली र नारायणी नदी रहेका छन् । यस प्रदेशमा छोरोल्पा (दोलखा), गोसाइँकुण्ड (रसुवा), टौदह (काठमाडौँ, पाँचपोखरी (सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन) आदि तालतलैया छन् ।
बागमती प्रदेश नेपालको प्रमुख आर्थिक केन्द्र हो । यस प्रदेशको सन् २०१९÷२० मा कुल ग्रार्हस्थ उत्पादनमा ३१.९ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा लागेको देखिन्छ । बागमती प्रदेशमा धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन बाली उत्पादन हुन्छन् । यस प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा कुखुरापालन व्यवसाय र तरकारी खेती फस्टाएको छ । बागमती प्रदेश फलफूल, तरकारी, मासु र दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुखरहेको छ ।
बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् । यस प्रदेशमा उद्योगहरूले धेरै व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । बागमती प्रदेशको पाँचखाल र चितवनको शक्तिखोरमा विशेष औद्योगिक क्षेत्र बनाउन थालिएको छ । बागमती प्रदेशकाकाठमाडौ,नारायणगढ, वनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । रसुवागढी र तातोपानीनाका यस पद्रशे का पम्रखु व्यापारिक नाकाहरू हुन् । यहा त्रिभवुन अन्तर्राष्ट्रियविमानस्थलबाट अन्तर्राष्ट्रिय व्यापार हुन्छ ।
बागमती प्रदेशमा  मिश्रित जातिको बसोबास छ । यहाँ तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रका मुख्य जाति शेर्पा रतामाङ हुन् । पहाडी क्षेत्रका बाहुन, क्षेत्री, मगर, दलित, र काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ । यस प्रदेशको भित्रीमधेसको मुख्य जाति थारु हो । यहाँ सीमान्तीकृत समूहका चेपाङ, बोटे, थामीे आदि पनि बसोबास गर्छन् ।
बागमती प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (७१.७८%) रहेको छ । यहाँ बौद्ध ,किराँत, इस्लाम र इसाई धर्मालम्बीहरूको पनि बसोबास छ । बागमती प्रदेशमा अधिकांश मानिसहरूनेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा तामाङ, नेवारी, थारु, चेपाङ आदि हुन ।बागमती प्रदेशको औसत साक्षरता दर ७४.९ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर ८२.२% र महिलाको साक्षरता दर ६७ %रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.६६ रहेको छ । यो सबैभन्दाबढी मानव विकास सूचकाङ्क रहेको प्रदेश हो ।
यस प्रदेशमा ल्होसर, दसैँ, तिहार, तिज, कृष्ण जन्माष्ठमी, शिवरात्री, गाईजात्रा, इन्द्रजात्रा आदि चाडपर्व मनाइन्छ । भक्तपुरमा बिस्केट जात्रा र ललितपुरमा प्रत्येक बाह्र वर्षमा देखाइने कात्तिक नाच प्रख्यात छ । भिमेश्वर दोलखा,, गोसाइकुण्ड, पशुपतिनाथ, बौद्धनाथ, जामे मस्जिद, एजम्प्सन चर्च, पलान्चोक भगवती, दक्षिणकाली यहाँका यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् । यसरी प्रदेशले विविध सामाजिक सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ । बागमती प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासको सम्भावना वृद्धि गरेका छन् ।
यस प्रदेशमा विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर, चाँगु नारायण, बौद्धस्तूप, दरबारस्क्वायरहरू र राष्ट्रिय निकुञ्ज रहेका छन् । शिवपुरी राष्टिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन् ।यसको साथै विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा, साहसिक खेलकुद, पर्वतारोहण, देशको राजधानी समेत भएका कारणयहाँ पर्यटन उद्योगको उच्च सम्भावना रहेको छ । यो प्रदेश विद्युत् उत्पादनमा पनि अगाडि रहेको छ । यहाँ भोटेकोसी, तामाकोसी, चिलिमे, सुनकोसी,त्रिशूली, देवीघाट, कुलेखानी पहिलो र दोस्रो आदि ठुला र साना जलविद्युत् आयोजनाहरू सञ्चालन भइरहेका छन् ।
बागमतीप्रदेश सडक र हवाईमार्गको पूर्वाधारमा सम्पन्न छ । यो प्रदेशसँग देशका सबै प्रदेश र अन्तर्राष्ट्रिय देशहरूसँग हवाई सेवा जोडिएका छन् । यस प्रदेशमा त्रिभुवन राजपथ र दक्षिणकाली हेटौंँडा राजमार्गले तराई, पृथ्वीराजमार्गले बागमति र गण्डकी प्रदेशमा केहीपहाडी जिल्लाहरूमा सडक यातायातमा सहज बनाएको छ । अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गले चीनसँगको कोदारी र रसुवागढी नाकासँगको सम्पर्क जोडेको छ । बी.पी. राजमार्गले काठमाडौँ उपत्याका र पूर्वी पहाड र तराईसँगको सम्पर्कलाई नजिक बनाएको छ । यहाँका निर्माणाधीन काठमाडौँ तराई दु्रतमार्ग, थानकोट नौबिसे सुरुङ मार्गले यस प्रदेश र समग्र देशकै आर्थिक समृद्धिको सम्भावना बोकेका छन् ।
हावापानी : प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ ।
महत्वपूर्ण धार्मिक स्थानहरू: यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ  (काठमाडौं)बूढानीलकण्ठ (काठमाडौं)स्वयम्भूनाथ (काठमाडौं)चागुँनारायण (भक्त्तपुर)गोसाइँकुण्ड (रसुवा)कालिञ्चोक भगवती (दोलखा)भीमेश्वर (दोलखा)लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।
प्रमुख ऐतिहासिक गढीहरू
मकवानपुर गढी : सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिकपुरातात्त्विक र सामरिक दृष्टिले पनि महत्वपूर्ण रहेको यो गढी आजको मकवानपुर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर-पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।
सिन्धुलीगढी : सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । काठमाडौंबाट करिब १ सय ५० किलोमिटर दक्षिण पूर्वमा ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र ऐतिहासिक रुपमा सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डाशत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबारगीतको सम्झना आउँछ।
रसुवागढी :नेपाल-चीन सीमानामा पर्ने रसुवागढी करिब डेढ शताव्दी पुरानो ऐतिहासिक गढी नेपाल चिन बीचमा रहेको महत्वपूर्ण सुरक्षा गढी मानिन्छ । नेपाल चीनबीचका व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको वि.सं १९१२ सालमा निर्माण भएको थियो।
प्रमुख ताल र कुण्डहरू
यो प्रदेश तालकुण्ड तथा सिमसारीय महत्त्व राख्ने प्रदेश हो। यस प्रदेशमा २० हजारी तालगोसाइँकुण्डच्छोरोल्पा हिमतालजट पोखरीपाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन।
प्रमुख हिमश्रृखला र हिमालहरू
यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुइवटा हिमश्रृंखला पर्यटनका दृष्टिकोणले महत्वपूर्ण रहेका छन् । नेपालमा ५ हजार मिटर भन्दा माथिका हिमचुचुराको सङ्ख्या ४१४ वटा रहेकोमा यस प्रदेशमा ६१ वटा छन् । यस प्रदेशमा रहेको अग्लो चुचुरा लाङ्टाङ् लिरूङ् ७२२७ मिटरलाङ्टाङ् र ७२०५ मिटरगौरीशंकर ७१३५ मिटर उचाइमा रहेको छ ।
प्रमुख नदीहरू
यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू (Sub-basins) र ३३ वटा मुख्य नदीहरू रहेका छन । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ कि.मी. रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया रहेको छ जस्को लम्बाई १.८९ कि.मी छ ।
भू-उपयोगको अवस्था
यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।
 
बाग्मती प्रदेश  अनर्तगत रहेका स्थानीय तहहरूको विवरण
महानगरपालीका जम्मा संख्या – ३     उपमहानगरपालीका – १  नगरपालीका –४१     गाउँपालीका –   ७४ जम्मा स्थानियतह संख्या –  ११९
 
यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका१ वटा उपमहानगरपालिका४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाण्डौंललितपुर र भरतपुर तीन महानगरपालिका हरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।
यस प्रदेशका गाउँपालिका र नगरपालिकाको सङ्ख्या नेपालको कुल गाउँपालिका र नगरपालिका सङ्ख्याको १५.८० प्रतिशत छ । काठमाडौं र भक्तपुर जिल्ला गाउँपालिका विहीन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसङ्ख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्याले २०.७४ प्रतिशत ओगट्छ । काठमाडौंका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसङ्ख्याको ३१.२२ प्रतिशत ओगट्छ । यसैगरी भूगोलमा सबैभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।
 
महानगरपालिका विवरण – ३

क्र.स.

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

वेवसाईट

ललितपुर महानगरपालिका

ललितपुर

महानगरपालिका

lalitpurmun.gov.np

काठमाण्डौं महानगरपालिका

काठमाण्डौ

महानगरपालिका

kathmandu.gov.np

भरतपुर महानगरपालिका

चितवन

महानगरपालिका

bharatpurmun.gov.np

नगरपालिका – ४१

क्र.स.

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

 वेवसाईट

1

कमलामाई नगरपालिका

सिन्धुली

नगरपालिका

kamalamaimun.gov.np

2

दुधौली नगरपालिका

सिन्धुली

नगरपालिका

dudhaulimun.gov.np

3

मन्थली नगरपालिका

रामेछाप

नगरपालिका

manthalimun.gov.np

4

रामेछाप नगरपालिका

रामेछाप

नगरपालिका

ramechhapmun.gov.np

5

जिरी नगरपालिका

दोलखा

नगरपालिका

jirimun.gov.np

6

भिमेश्वर नगरपालिका

दोलखा

नगरपालिका

bhimeshwormun.gov.np

7

चौतारा साँगाचोकगढी नगरपालिका

सिन्धुपाल्चोक

नगरपालिका

chautarasangachowkgadhimun.gov.np

8

बाह्रविसे नगरपालिका

सिन्धुपाल्चोक

नगरपालिका

bahrabisemun.gov.np

9

मेलम्ची नगरपालिका

सिन्धुपाल्चोक

नगरपालिका

melamchimun.gov.np

10

धुलिखेल नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

dhulikhelmun.gov.np

11

बनेपा नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

banepamun.gov.np

12

पनौती नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

panautimun.gov.np

13

पाँचखाल नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

panchkhalmun.gov.np

14

नमोबुद्ध नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

namobuddhamun.gov.np

15

मण्डनदेउपुर नगरपालिका

काभ्रेपलान्चोक

नगरपालिका

mandandeupurmun.gov.np

16

गोदावरी नगरपालिका

ललितपुर

नगरपालिका

godawarimunlalitpur.gov.np

17

महालक्ष्मी नगरपालिका

ललितपुर

नगरपालिका

mahalaxmimunlalitpur.gov.np

18

चाँगुनारायण नगरपालिका

भक्तपुर

नगरपालिका

changunarayanmun.gov.np

19

भक्तपुर नगरपालिका

भक्तपुर

नगरपालिका

bhaktapurmun.gov.np

20

मध्यपुर थिमी नगरपालिका

भक्तपुर

नगरपालिका

madhyapurthimimun.gov.np

21

सूर्यविनायक नगरपालिका

भक्तपुर

नगरपालिका

suryabinayakmun.gov.np

22

कागेश्वरी मनोहरा नगरपालिका

काठमाण्डौ

नगरपालिका

kageshworimanoharamun.gov.np

23

कीर्तिपुर नगरपालिका

काठमाण्डौ

नगरपालिका

kirtipurmun.gov.np

24

गोकर्णेश्वर नगरपालिका

काठमाण्डौ

नगरपालिका

gokarneshwormun.gov.np

25

चन्द्रागिरी नगरपालिका

काठमाण्डौ

नगरपालिका

chandragirimun.gov.np

26

टोखा नगरपालिका

काठमाण्डौ

नगरपालिका

tokhamun.gov.np

27

तारकेश्वर नगरपालिका

काठमाण्डौ

नगरपालिका

tarakeshwormunkathmandu.gov.np

28

दक्षिणकाली नगरपालिका

काठमाण्डौ

नगरपालिका

dakshinkalimun.gov.np

29

नागार्जुन नगरपालिका

काठमाण्डौ

नगरपालिका

nagarjunmun.gov.np

30

बुढानिलकण्ठ नगरपालिका

काठमाण्डौ

नगरपालिका

budhanilkanthamun.gov.np

31

शङ्खरापुर नगरपालिका

काठमाण्डौ

नगरपालिका

shankharapurmun.gov.np

32

विदुर नगरपालिका

नुवाकोट

नगरपालिका

bidurmun.gov.np

33

बेलकोटगढी नगरपालिका

नुवाकोट

नगरपालिका

belkotgadhimun.gov.np

34

धुनीबेंशी नगरपालिका

धादिङ

नगरपालिका

dhunibeshimun.gov.np

35

निलकण्ठ नगरपालिका

धादिङ

नगरपालिका

neelakanthamun.gov.np

36

थाहा नगरपालिका

मकवानपुर

नगरपालिका

thahamun.gov.np

37

कालिका नगरपालिका

चितवन

नगरपालिका

kalikamunchitwan.gov.np

38

खैरहनी नगरपालिका

चितवन

नगरपालिका

khairahanimun.gov.np

39

माडी नगरपालिका

चितवन

नगरपालिका

madimunchitwan.gov.np

40

रत्ननगर नगरपालिका

चितवन

नगरपालिका

ratnanagarmun.gov.np

41

राप्ती नगरपालिका

चितवन

नगरपालिका

raptimunchitwan.gov.np

 
गाउँपालिका – ७४

क्र.स

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तहको प्रकार

वेवसाईट

1

गोलन्जर गाउँपालिका

सिन्धुली

गाउँपालिका

golanjormun.gov.np

2

घ्याङलेख गाउँपालिका

सिन्धुली

गाउँपालिका

ghyanglekhmun.gov.np

3

तीनपाटन गाउँपालिका

सिन्धुली

गाउँपालिका

tinpatanmun.gov.np

4

फिक्कल गाउँपालिका

सिन्धुली

गाउँपालिका

phikkalmun.gov.np

5

मरिण गाउँपालिका

सिन्धुली

गाउँपालिका

marinmun.gov.np

6

सुनकोशी गाउँपालिका

सिन्धुली

गाउँपालिका

sunkoshimunsindhuli.gov.np

7

हरिहरपुरगढी गाउँपालिका

सिन्धुली

गाउँपालिका

hariharpurgadhimun.gov.np

8

उमाकुण्ड गाउँपालिका

रामेछाप

गाउँपालिका

umakundamun.gov.np

9

खाँडादेवी गाउँपालिका

रामेछाप

गाउँपालिका

khandadevimun.gov.np

10

गोकुलगङ्गा गाउँपालिका

रामेछाप

गाउँपालिका

gokulgangamun.gov.np

11

दोरम्बा शैंलुङ गाउँपालिका

रामेछाप

गाउँपालिका

dorambamun.gov.np

12

लिखु तामाकोशी गाउँपालिका

रामेछाप

गाउँपालिका

likhumunramechhap.gov.np

13

सुनापती गाउँपालिका

रामेछाप

गाउँपालिका

sunapatimun.gov.np

14

कालिन्चोक गाउँपालिका

दोलखा

गाउँपालिका

kalinchowkmun.gov.np

15

गौरीशङ्कर गाउँपालिका

दोलखा

गाउँपालिका

gaurishankarmun.gov.np

16

तामाकोशी गाउँपालिका

दोलखा

गाउँपालिका

tamakoshimun.gov.np

17

मेलुङ्ग गाउँपालिका

दोलखा

गाउँपालिका

melungmun.gov.np

18

विगु गाउँपालिका

दोलखा

गाउँपालिका

bigumun.gov.np

19

वैतेश्वर गाउँपालिका

दोलखा

गाउँपालिका

baiteshwormun.gov.np

20

शैलुङ्ग गाउँपालिका

दोलखा

गाउँपालिका

shailungmun.gov.np

21

ईन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

indrawatimun.gov.np

22

जुगल गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

jugalmun.gov.np

23

पाँचपोखरी थाङपाल गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

panchpokharithangpalmun.gov.np

24

बलेफी गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

balephimun.gov.np

25

भोटेकोशी गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

bhotekoshimun.gov.np

26

लिसङ्खु पाखर गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

lisankhupakharmun.gov.np

27

सुनकोशी गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

sunkoshimunsindhupalchowk.gov.np

28

हेलम्बु गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

helambumun.gov.np

29

त्रिपुरासुन्दरी गाउँपालिका

सिन्धुपाल्चोक

गाउँपालिका

tripurasundarimunsindhupalchowk.gov.np

30

खानीखोला गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

khanikholamun.gov.np

31

चौंरीदेउराली गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

chaurideuralimun.gov.np

32

तेमाल गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

temalmun.gov.np

33

बेथानचोक गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

bethanchowkmun.gov.np

34

भुम्लु गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

bhumlumun.gov.np

35

महाभारत गाँउपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

mahabharatmun.gov.np

36

रोशी गाउँपालिका

काभ्रेपलान्चोक

गाउँपालिका

roshimun.gov.np

37

कोन्ज्योसोम गाउँपालिका

ललितपुर

गाउँपालिका

konjyosommun.gov.np

38

बागमती गाउँपालिका

ललितपुर

गाउँपालिका

bagmatimunlalitpur.gov.np

39

महाङ्काल गाउँपालिका

ललितपुर

गाउँपालिका

mahankalmun.gov.np

40

ककनी गाउँपालिका

नुवाकोट

गाउँपालिका

kakanimun.gov.np

41

किस्पाङ गाउँपालिका

नुवाकोट

गाउँपालिका

kispangmun.gov.np

42

तादी गाउँपालिका

नुवाकोट

गाउँपालिका

tadimun.gov.np

43

तारकेश्वर गाउँपालिका

नुवाकोट

गाउँपालिका

tarakeshwormunnuwakot.gov.np

44

दुप्चेश्वर गाउँपालिका

नुवाकोट

गाउँपालिका

dupcheshwormun.gov.np

45

पञ्चकन्या गाउँपालिका

नुवाकोट

गाउँपालिका

panchakanyamun.gov.np

46

लिखु गाउँपालिका

नुवाकोट

गाउँपालिका

likhumunnuwakot.gov.np

47

म्यगङ गाउँपालिका

नुवाकोट

गाउँपालिका

meghangmun.gov.np

48

शिवपुरी गाउँपालिका

नुवाकोट

गाउँपालिका

shivapurimun.gov.np

49

सुर्यगढी गाउँपालिका

नुवाकोट

गाउँपालिका

suryagadhimun.gov.np

50

उत्तरगया गाउँपालिका

रसुवा

गाउँपालिका

uttargayamun.gov.np

51

कालिका गाउँपालिका

रसुवा

गाउँपालिका

kalikamunrasuwa.gov.np

52

गोसाईकुण्ड गाउँपालिका

रसुवा

गाउँपालिका

gosaikundamun.gov.np

53

नौकुण्ड गाउँपालिका

रसुवा

गाउँपालिका

naukundamun.gov.np

54

आमाछोदिङमो गाउँपालिका

रसुवा

गाउँपालिका

parbatikundamun.gov.np

55

खनियाबास गाउँपालिका

धादिङ

गाउँपालिका

khaniyabasmun.gov.np

56

गजुरी गाउँपालिका

धादिङ

गाउँपालिका

gajurimun.gov.np

57

गल्छी गाउँपालिका

धादिङ

गाउँपालिका

galchhimun.gov.np

58

गङ्गाजमुना गाउँपालिका

धादिङ

गाउँपालिका

gangajamunamun.gov.np

59

ज्वालामूखी गाउँपालिका

धादिङ

गाउँपालिका

jwalamukhimun.gov.np

60

थाक्रे गाउँपालिका

धादिङ

गाउँपालिका

thakremun.gov.np

61

नेत्रावती डबजोङ गाउँपालिका

धादिङ

गाउँपालिका

netrawatimun.gov.np

62

बेनीघाट रोराङ्ग गाउँपालिका

धादिङ

गाउँपालिका

benighatrorangmun.gov.np

63

रुवी भ्याली गाउँपालिका

धादिङ

गाउँपालिका

rubivalleymun.gov.np

64

सिद्धलेक गाउँपालिका

धादिङ

गाउँपालिका

siddhalekmun.gov.np

65

त्रिपुरासुन्दरी गाउँपालिका

धादिङ

गाउँपालिका

tripurasundarimundhading.gov.np

66

इन्द्रसरोबर गाउँपालिका

मकवानपुर

गाउँपालिका

indrasarowarmun.gov.np

67

कैलाश गाउँपालिका

मकवानपुर

गाउँपालिका

kailashmun.gov.np

68

बकैया गाउँपालिका

मकवानपुर

गाउँपालिका

bakaiyamun.gov.np

69

बाग्मति गाउँपालिका

मकवानपुर

गाउँपालिका

bagmatimunmakawanpur.gov.np

70

भिमफेदी गाउँपालिका

मकवानपुर

गाउँपालिका

bhimphedimun.gov.np

71

मकवानपुरगढी गाउँपालिका

मकवानपुर

गाउँपालिका

makawanpurgadhimun.gov.np

72

मनहरी गाउँपालिका

मकवानपुर

गाउँपालिका

manaharimun.gov.np

73

राक्सिराङ्ग गाउँपालिका

मकवानपुर

गाउँपालिका

raksirangmun.gov.np

74

इच्छाकामना गाउँपालिका

चितवन

गाउँपालिका

ichchhakamanamun.gov.np

 
तथ्याङकको श्रोतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team