Logo

Blog Details

एसिया महादेश

SS Team 2025-02-01 20:15:25 974 3

संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ। एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन्।

एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।

परिचय

  •  क्षेत्रफल ४,३९,९९,००० वर्ग कि.मि,
  •  स्थलीय भागको २९.८ प्रतिशत भूभाग,
  •  जनसङ्ख्या ६० प्रतिशत,

चार दिशा

  •  पूर्वमा प्रशान्त महासागर,
  • पश्चिममा युरोप महादेश,
  •  उत्तरमा सुमेरु महासागर,
  •  दक्षिणमा हिन्द महासागर,

अवस्थिति

  •  १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म,
  •  २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पश्चिम देशान्तर सम्म,
  •  पूर्व पश्चिम लम्बाइ ९६०० कि.मि.
  •  उत्तर दक्षिण चौडाइ ८६०० कि. मि.

प्रमुख विशेषताहरू

  • जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश,
  •  विषमताको महादेश,– Land Of extremes
  •  विविधताको महादेश,
  •  भौर्गभिक रूपमा कान्छो महादेश,
  •  Home Of man का नामले चिनिने महादेश,
  •  भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश,
  •  अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको,
  •  तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश,
  •  विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश,

विविध जानकारी

  •  एसिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर–बोरिङ सागर,
  •  एसिया र अफ्रिका महादेशको सीमानामा रहेको सागरः–लाल सागर,
  •  एसिया महादेशको सबैभन्दा लामो नदी–चीनको यान्जे नदी,(याङसिक्याङ)
  •  एसिया महादेशको भूपरिवेष्टित मुलुकहरूको सङ्ख्या–१२ वटा,
  •  एसिया महादेशमा पर्ने राष्ट्र सङ्ख्या–४८,
  •  एशियमा पर्ने भूपरिवेष्टित राष्ट्र–१२ सुत्रः–आउ नेता काकी अमला भुतुअ
    (आर्मेनिया, उज्वेकस्तान,नेपाल, ताजकिस्तान, काजाकस्तान, किर्गिस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस,भुटान, तुर्कमेनिस्तान, अजरबैजान)
  •  एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन(९५,९६,९६१ वर्ग कि.मि.) र सानो राष्ट्र मालदिभ्स(२९८ वर्ग कि.मि.)
  •  एसियाको ठुलो भूपरिवेष्टित राष्ट्रः–कजाकस्तान, राजधानीः–अस्टना (२७,१७,३०० वर्ग कि.मि.) र सानो राष्ट्र अर्मेनिया, राजधानीः–यरेभान,
  •  दोस्रो ठुलो राष्ट्रः–मङ्गोलिया, क्षेत्रफल १५,६५,००० वर्ग कि.मि.,
  •  विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँः–मसिनराम, चेरापुञ्जी भारत, ११,४०५ मि.मि. सरदर वार्षिक वर्षा
  •  विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँः–थार मरुभुमी(भारत) र गोवी मरुभुमी (चिन)

एसिया महादेशको

  •  अग्लो भाग सगरमाथा (८८४८ मि. नेपाल)
  •  होचो भुभाग मृतसागर, इजरायल, ३९२ मि.,
  •  मृतसागर–मृतसागरमा मानिस डुब्दैनन्,
  •  मृतसागर नुनिलो पानीको ताल,
  •  जोर्डन नदीको उद्गमस्थल,
  •  माछा नपाइने नदी जोर्डन नदी,
  •  छायाँ नदेखिने नदी जोर्डन नदी ।
  •  एसिया महादेशका २ महत्त्वपूर्ण आर्थिक केन्द्रहरुः–सिंगापुर र हङ्गकङ्ग,
  •  ‘संसारको छानो’–Roof Of The world का उपनामले चिनिने विश्वको सबैभन्दा अग्लो पठारः–पामिर पठार (तिब्बतको पठार),उचाइ–लगभग ५०००मि.,
  • एसिया महादेशको चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने विश्वकै सबैभन्दा अग्लो र फराकिलो पठार, पामिरको पठारको क्षेत्रफलः–२ लाख वर्ग कि.मि.,
  •  संसारको उच्च समस्थलीः–संसारको छाना
  •  संसारको सबैभन्दा ठुलो ताल :–क्यास्पियन ताल, ,४३,२४४ वर्ग कि.मि.,
  • क्यास्पियन तालः–इरान र रसियाको बिचमा पर्ने,
  •  विश्वको सबैभन्दा उचाइमा रहेको तालः–तिलिचो ताल, ४९१९ मिटर, नेपाल(मनाङ जिल्ला),
  •  विश्वको सबैभन्दा गहिरो ताल :–वैकाल ताल, १९४० मिटर,१६३७ मि.( क्षेत्रफलः–३१,४९२ वर्ग कि.मी.)
  •  एशियाको निलो मुटुः–वैकाल ताल,
  •  विश्वको सबैभन्दा ठुलो प्रायद्वीप :–अरब प्रायद्वीप, ३२ लाख ५० हजार वर्ग कि.मि.,
  •  विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँः–भारतको चेरापुन्जीमा पर्ने मासिनराम क्षेत्र,
  •  एशियामा फैलिएको घाँसे मैदानः–स्टेप्स,
  •  एसिया र रुसमा फैलिएका देशः–रुस र टर्की,
  •  एसिया र युरोपलाई जोड्ने पर्वतः–यूराल र ककेसस पर्वत,
  •  एसिया र युरोपको संयुक्त नामः–युरेशिया
  •  विश्वको सबैभन्दा गहिरो गल्छीः–म्याग्दीको दाना भन्ने ठाउँमा कालिगण्डकी नदिले बनाको गल्छी,
  •  विश्वको बढी जनसङ्ख्या भएको देशः–एशियाली देश चिन, दोस्रोः–भारत,
  •  एसियामा सबैभन्दा बढी भाषा बोलिने देशः–भारत, ८०० भन्दा बढी,इन्डोनेशियाः–६००, नेपालः–१२३, फिलिपीन्सः–१००
  •  भाषाको चिडीयाखानाः–भारत,
  •  एसियाको लामो हिमनदीः–सियाचेन,भारत र पाकिस्तानको बिचमा पर्ने ।
  •  एशियाको ठुलो नदीः–याङसिक्याङ, ५७९७ कि.मि चिन–चाइना सी मा खस्ने,
  •  हिन्द महासागरको मोतीः–श्रीलङ्का,
  •  भियतनामको पुरानो नामः–चम्पा,
  •  एसिया महादेशका प्रमुख नदीहरुः–यान्जे, गङ्गा, ह्याङ्हो, मेकङ, अमुर,आर्टेइस, यल्लो रिभर, सिन्धु, टिग्रीस, ब्रह्मपुत्र
  •  एसियाका महादेशका प्रमुख शहरहरुः–टोकियो, नयाँ दिल्ली, मुम्बई, ढाँका, बेइजिङ्, यंगुन, बैँकक, कोलम्बो, तासकन्द, हनोई ।
  •  एसिया महादेशका प्रमुख तिन प्रायद्धिपहरुः–अरब प्रायद्धिप, दकनको प्रायद्धिप, इन्डाचिनको प्रायद्धिप ।
  •  एशियाको अर्थः–पूर्व
  •  सर्वप्रथम एसिया शब्द प्रयोग गर्नेः–युनानीहरु
  •  चिन र जापानको विवादास्पद टापुः–दियायु र सिङ्काकु टापु
  •  सबै धर्मको उद्गमस्थलः–एसिया महादेश
  •  विश्वको सबैभन्दा गहिरो महासागरिय धसानः–मेरिया ट्रेन्च, फिलिपीन्स नजिक, प्रशान्त महासागर
  •  पूर्व देखि पश्चीमः–आसियन, सार्क, ओपेक, इयु
  •  शान्ति उपत्यका भारतको केरलामा पर्दछ,
  •  विष्णुपदी नदीः–गङ्गा नदी, विष्णु पदबाट निस्केको
  •  अरब राष्ट्रहरु मध्ये लेवनानमा सबैभन्दा बढी क्रिस्चियनहरू बस्दछन् ।
  •  विश्वका राजधानी सहरमा सबैभन्दा व्यवस्थित शहरः–सिङ्गापुर
  •  निषेधित शहरः–ल्हासा
  •  Enjoy City –कलकत्ता
  •  एसियाका प्रमुख पर्वतमालाहरुः–हिमालय, कुनलुन, तियनसानी, अल्टाई, तिब्बती पठान ।
  •  एसिया महादेशको सक्रिय ज्वालामुखीः–इन्डोनेसिया
  •  एशियाली राजमार्गको लम्बाईः–१,४०,०००।–
  •  मानव निर्मित विश्वको सबैभन्दा ठुलो मानव निर्मित तालः–ओभान ताल, युगाण्डा, अफ्रिका महादेश
  •  विश्वको सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाडः–फुजी पहाड, जापान
  •  एशियाका प्रमुख खाद्यान्न बालीः–धान
  •  १२ वटा समुन्द्र भएको विश्वको एक मात्र देशः–रसिया
  • Largest Fresh water lake in asia – Wular lake
  •  चिल्का तालः–भारत
  •  एशियको ठुलो मरुभुमीः–गोवी,चिन
  •  एशियाका पुराना स्थानहरुः–अंगारल्याण्ड र गोन्डावानाल्याण्ड,
  •  विश्वको सबैभन्दा गहिरो गल्छीः–अन्ध गल्छी,म्याग्दी नेपाल (दाना), ,९६७ मि.
  •  विश्वको सबैभन्दा होचो उपत्यकाः–अरुण उपत्यका सङ्खुवासभा,८३९१(–४५७ मि.)
  •  विश्वको समैभन्दा अग्लो स्थानमा रहेको तालः–तिलिचो ताल, मनाङ्,४९१९ मि.
  •  विश्वको सबैभन्दा लामो पर्खालः–ग्रेटवाला अफ चाइना, ६२०० माइल
  •  निमार्णकर्ताः–सम्राट सी ह्वाङ्ती
  •  विश्वको सबैभन्दा लामो मानव निर्मित नहरः– The Grand Canal,चीनको बेइजिङ्मा पर्ने
  •  कागज, गनपाउडर, चुम्बकीय कम्पास, जस्ता वस्तु पत्ता लगाउने देशः–चिन

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team