अफ्रिका महादेश
परिचय
अफ्रिका क्षेत्रफलको
आधारमा एसियापछि विश्वको दोस्रो ठूलो र दोस्रो धेरै जनसङ्ख्या भएको महादेश हो।
लगभग ३.०३ करोड वर्ग किलोमिटर (१.१७ करोड वर्ग माइल) क्षेत्रफल सहित यसले पृथ्वीको
२०% भूमि क्षेत्र र यसको कुल सतह क्षेत्रफलको ६% ओगटेको छ। सन् २०२१ सम्ममा १.४
करोड जनसङ्ख्याको साथ, यो विश्वको मानव जनसङ्ख्याको लगभग १८% हुन आउँछ। अफ्रिकाको
जनसङ्ख्या सबै महाद्वीपहरू मध्ये सबैभन्दा कम छ। सन् २०१२ मा औसत आयु १९.७ थियो
भने विश्वव्यापी औसत आयु ३०.४ रहेको थियो। प्राकृतिक स्रोतहरूको विस्तृत शृङ्खला
बावजुद, अफ्रिकाको प्रतिव्यक्ति आय सबैभन्दा कम रहेको छ भने
कुल सम्पत्तिको आधारमा ओसिनिया पछिको दोस्रो सबैभन्दा कम धनी महादेश हो।
- क्षेत्रफल २,९७,८५,००० वर्ग कि.मि.,
- स्थलीय भागको २०.३५ प्रतिशत
भूभाग,
- जनसंख्याः–१४.६ प्रतिशत
चार दिशाः–लाआभुकु
- पुर्वमा लाल सागर,
- पश्चिममा आन्ध्र महासागर,
- उत्तरमा भुमध्य सागर,
- दक्षिणमा कुमेरु महासागर,
- उत्तर दक्षिण लम्बाई ८०००
कि.मि.,
- पूर्व पश्चिम चौडाई सरदर ७,४४० कि.मि.,
अवस्थीति
- ३७ डिग्री उत्तर
अक्षांशदेखि ३५ डिग्री दक्षीणी अक्षांश, उद–पपु
- २० डिग्री पश्चिम देशान्तर
देखि ५० डिग्री पुर्वी देशान्तर,
विशेषताहरु
- अध्यारो/कालो महादेश,
- दोश्रो ठूलो महादेश,
- उच्च समस्थलीको महादेश
- जनावरहरुको अदभुत बासस्थान
भएको महादेश
- विश्वका सवैभन्दा बढी हिरा
र सुन उत्पादन हुने महादेश,
- भाषिक विविधताको महादेश,(दुई हजार भन्दा बढी भाषा बोलिने)
- सबै युगको प्राचिनतम र
नविनतम संस्कृती पाईने एक मात्र महादेश,
- भुमध्य रेखाले झण्डै बिच
भागमा काटेको महादेश,
- सुतुरमुर्ग नामक चरा पाईने
महादेश
- पिरामीडको महादेश
- भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश,
- चौडाई उत्तरतर्फ बढी भएको
महादेश, (दुई तिहाई भाग उत्तरमा र एक तिहाई भाग
दक्षिणमा )
भौगोलिक स्वरूप र
अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ । अफ्रिका
महादेशलाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ । यो क्षेत्रफलका हिसाबले दोस्रो
ठूलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो । यसको चारैतिरबाट महासागरले
घेरेको छ | भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश
क्षेत्रको हावापानी विषम छ यहाँ सात प्रकारको हावापानी पाइन्छ । भूमध्यरेखीय भूभाग
तथा कङ्गो बेसीमा उष्ण तथा ओसिलों हावापानी पाइन्छ भने सहारा मरुभूमि रहेको
उत्तरतर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी
हावापानी रहेको छ भने दक्षिण अफ्रिकी उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी
र हिउँदमा धेरै जाडो हन्छ । त्यस्तै पश्चिमोत्तर क्षेत्र र दक्षिण पश्चिम क्षेत्रमा
भूमध्यसागरीय हावापानी पाइन्छ भने दक्षिण पूर्वका टापू क्षेत्रमा मौसमी हावापानी
पाइन्छ। सभाना क्षेत्रलाई संसारको चिडियाखाना भनिन्छ । हावापानीको विविधताले गर्दा
अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता पाइन्छ । यस महादेशको भित्री मध्य भागमा
कम वर्षा हनाले विशाल रूपमा फैलिएका घाँसे मैदान छ । यसलाई सभाना भनिन्छ । यहाँ
जेब्रा, जिराफ, हात्ती, जलगैंडा, अस्ट्रिच, इम् जस्ता
विभिन्न जीवजन्तु पाइन्छ संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त
मात्रामा पाइने हनाले यस क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ ।
‘अफ्रिका पर्यटनको
प्रचुर सम्भावना भएको महादेश हो । अफ्रिका महादेशमा आठ सयभन्दा बढी जातजातिका
मानिसको बसोबास रहेको छ र यहाँ दुई हजारभन्दा बढी भाषा बोलिन्छ । यो महादेश
विविधता स्थल हो । मिश्र, गिजाको पिरामिड, नाइल नदीको सभ्यता यहाँका प्राचीन
सभ्यता हन् । सभाना संसारकै चिडियाखानाका रूपमा प्रसिद्ध छ सभाना र भेल्ड जस्ता
विशाल घाँसे मैदान र सयौं प्रजातिका वन्यजन्तुको वासस्थान, इजिप्टको
पिरामिड र भिक्टोरिया भरना यहाँका पर्यटन आकर्षण गर्न सम्पदा हन् । त्यसैले
अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो |
अफ्रिका महादेशमा
पाइने प्रमुख हावापानी निम्न छन् :-
(क) भूमध्यरेखीय भूभाग र
कङ्गो बेसीम उष्ण तथा ओसिलो हावापानी पाइने
(ख) उत्तरतर्फ सहारा
मरुभूमि रहेको क्षेत्रमा अत्यन्त गर्मी र शुष्क हावापानी पाइने
(ग) दक्षिण उच्चसमस्थलीय
क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हावापानी पाइने
(घ) पश्चिमोत्तर क्षेत्रमा
भूमध्यसागरीय हावापानी पाइने
(ङ) दक्षिण पूर्वका टापु क्षेत्रमा
मौसमी हावापानी पाइने
विविध जानकारी
- अफ्रिका महादेशको सर्वोच्च
शिखर किलिमन्जरो, उचाई ५,८९५ मी.
/१९३४० फिट, तान्जानीया, किलिमान्जरो
हिमशृङ्खला
- अरेबिक भाषमा तान्जानियको
राजधानीलाई शान्तीको घर भनिने,
- तान्जानियाको
राजधानीः–दारेसलामा/डोडोमा
- अफ्रिका महादेशको सवैभन्दा
होचो भूभाग लेक असाल, जिबुटी, १५६
मि./५१० फिट
- अफ्रिका महादेशको सबैभन्दा
ठूलो तालः– भिक्टोरीया ताल
- अफ्रिका महादेशको सबैभन्दा
बढी गर्मी हुने देशः– लिबिया, जाडो हुने देशः–मोरक्का(विषम
हावापानीको देश),
- अफ्रिका महादेशमा बढी वर्षा
हुने ठाउँः–इक्वेटर रेखा, कम वर्षा हुने ठाउँः–कालाहारी
मरुभुमी
- मिश्रको पिरामीडः–इजिप्ट,
गिजाको पिरामीडः–इजिप्ट(मानव निर्मित)
- मदागास्कर टापुः–अफ्रिका
- भुमध्य रेखालाई काट्ने एक
मात्र नदीः–कंगो(दुई पटक काट्ने)
- अफ्रिकाको गहिरो
तालः–ताङ्गामेका
- अरेबिक भाषामा इथोपीयाको
अर्थः–कफिको घर,
- कफिको
सुरुवातः–इथियोपियाबाट
- विश्वको सबैभन्दा ठुलो
हिराखानी :–किम्वरखान
- विश्वको सबैभन्दा ठुलो
सुनखानी :–जोहान्सवर्ग,
- अफ्रिका महादेशमा पर्ने भुपरिवेष्ठीत राष्ट्रः–
१६,
- अफिका महादेशमा सवैभ्रन्दा
ठुलो देशः–अल्जेरिया(२३,८१,,७४१
वर्ग कि.मि.) राजधानीः–अल्जेरिस
- सानो देशः– सेसेल्स,(४५५ वर्ग कि.मि) राजधानी भिक्टोरिया सेसेल्स
- जनसंख्याको आधारमा ठुलो
देशः–नाइजेरिया, राजधानीः–अबुजा, जनसंख्याः–
१३ करोड ५ लाख
- ठुलो भुपरिवेष्ठीत राष्ट्रः–चाड,
राजधानीः–एन्डीजामिना
- सानो भुपरिवेष्ठीत
राष्ट्रः–रुवाण्डा, राजधानी–किगाली
- अल्वर्ट तालः–अफ्रिका
अफ्रीका महादेशका देशहरुको संख्याः– ५४, ५४ औ राष्ट्र दक्षिण
सुडान,
- राजधानीः–जुवा
- २०११ जुलाई ९ मा स्वतन्त्र
- २०११ जुलाई १४ मा ग्ल्इ ले
मान्याता दिएको
- ९८.८३ प्रतिशतले स्वतन्त्र
राज्यका पक्षमा मतदान गरेका
- क्षेत्रफलः–६,१९,७४५ वर्ग कि.मि.
- UNO को १९३ औँ सदस्य
राष्ट्र,
- अफ्रिका महादेशको बारेमा
जानकारी दिने पहिलो व्यक्तिः–डेभिड लिभिङ स्टोन,( सन्
१८५६ मा कालाहरी मरुभुमिको बाटो हुँदै अफ्रिका पत्ता लगाउने)
- अफ्रिका महादेशको घाँसे
मैदानः–भेल्ड/सवाना
- अफ्रिकाको लामो
हिमनदीः–किलीमञ्जरो
- विश्वको सबैभन्दा ठुलो
मरुभुमीः–सहारा मरुभुमी, अफ्रिका ८४ लाख वर्ग कि.मि.
- भौगोलिक आधारमा अफ्रिका
महादेशको नामः–उच्च समुस्थलीको महादेश
- विश्वको सबैभन्दा लामो
देश(अफ्रिकाको ठुलो र लामो) :–नाइल, इजिप्ट ६,६९० कि.मि.,४,१३२ माइल
- नाइल नदीको
उद्गमस्थलः–भिक्टोरिया ताल,तान्जानिया र केन्यामा
पर्ने(क्षेत्रफल–६९,००० वर्ग कि.मि.)
- नाइल नदी मिसिने
स्थलः–भुमध्य सागर,
- नाइल नदी ११ राष्ट्र भएर
बग्ने,
- अफ्रिका महादेशको लामो
पर्वत शृङ्खलाः–एटलस पर्वत
- अफ्रिका महादेशको सबैभन्दा
ठुलो शहरः–इजिप्ट, कायरो
- अफ्रिका महादेशमा पाईने
उष्ण सदाबहार जंगलः– Rain Forest
- अफ्रिका महादेशमा पर्ने
प्रमुख शहरहरुः–कायरो(इजिप्ट), प्रिटोरिया, केपटाउन(द.कोरिया), ट्रिपोली(लिबीया), कासाब्लांक(मोरक्को), खार्तुम(सुडान)
- प्रमुख नदीहरुः–नाइल,
कंगो, नाइजर, जाम्बेजी
- Zoo of the world :– सभाना
ग्रासल्याण्ड
Leave Your Comment