Logo

Blog Details

युरोप महादेश

SS Team 2025-02-02 07:57:13 758 2

युरोप महादेश

परिचय

युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसियाको खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहेको युराल पर्वतको जल विभाजक जस्तै युराल नदी, क्यास्पियन सागर, ककेसस पर्वत शृङ्खला र दक्षिण पश्चिमी भागमा रहेको कालो सागरद्वारा हुन्छ। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिण पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग स्थित छन्। मरुभूमि नभएको तथा प्रायद्वीपको प्रायद्वीप भनेर चिनिने युरोप महादेशलाई विकसित महादेशको रुपमा लिइन्छ। अति कम विकसित देश नभएको यस महादेशको छोटो परिचय यसप्रकार छः

क्षेत्रफलः १,०४,९८,००० वर्ग कि मि (७ प्रतिशत )

अग्लो शिखरः एल्बु्रज (५६३३ मिटर, रसिया )

होचो भागः क्यास्पियन ट्रेन्चको समुद्री तट

लामो नदीः भोल्गा (३६४५ किलोमिटर)

लामो हिमनदीः भट्नाजोकुल

मरुभूमिः छैन

ठूलो देशः रुस

सानो देशः भ्याटिकन सिटी

घाँसे मैदानः स्टेप्स

लामो पर्वतः आल्पस

भूपरिवेष्ठित राष्ट्रः १८ वटा (ठूलो बेलारुस र सानो भ्याटिकन सिटी )

अतिकम विकसित राष्ट्रः छैन

प्रमुख विशेषताः प्रायद्वीपको पनि प्रायद्वीप, मरुभूमि नभएको महादेश

 

 

युरोपेली राष्ट्रहरू

अल्बानिया

एन्डोरा

आर्मेनिया

अस्ट्रिया

अजरबैजान

बेलारुस

बेल्जियम

बोस्निया र हर्जगोभिना

बुल्गेरिया

क्रोएसिया

साइप्रस

चेक गणतन्त्र

डेनमार्क

एस्टोनिया

फिनल्यान्ड

फ्रान्स

जर्मनी

जर्जिया

ग्रिस

हङ्गेरी

आइसल्यान्ड

आयरल्यान्ड

इटाली

लात्भिया

लिस्टेनस्टाइन

लिथुआनिया

लक्जेम्बर्ग

माल्टा

मोल्दोभा

मोनाको

मोन्टेनेग्रो

 

नेदरल्यान्ड

नर्वे

पोल्यान्ड

पोर्चुगल

उत्तर म्यासेडोनिया

रोमानिया

रुस

सान मारिनो

सर्बिया

स्लोभाकिया

स्लोभेनिया

स्पेन

स्विडेन

स्विट्जरल्यान्ड

टर्की

युक्रेन

संयुक्त अधिराज्य

भ्याटिकन सिटी

 


Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team