परिच्छेदः एक
नेपालको भौगोलिक परिचय
१.१ नेपालको भौगोलिक अवस्थितिको परिचय
अवस्थिती :- नेपाल एसिया महादेशको उत्तरी गोलार्द्धमा अवस्थित भूपरिवेष्ठित
मुलुक हो । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८०
डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको पुर्व-पश्चिम औसत लम्बाई ८८५ कि.मी. र उत्तर-दक्षिण औसत चौडाई
१९३ कि.मी. रहेको छ ।
क्षेत्रफल :-
नेपाल एसियाका दुई विशाल मुलुक भारत र
चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि अर्थात् ५६,८२७ वर्गमाइल
छ । सन् १८१६ मार्च ३ को सुगौली सन्धीपश्चात् यो क्षेत्रफल कायम भएको हो, सुगौली सन्धी
भन्दा अगाडी नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग कि.मी. थियो । नेपालको
पूर्व-पश्चिम लम्बाइ ८८५ किमि र उत्तर-दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ। नेपालले
विश्वको कुल भूभागको ०.०३ प्रतिशत,
एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ।
प्रमाणिक समय :- नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशङ्कर
हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण
गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ। यो समय
वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो।
सिमानाः- नेपाल समुद्र/बङ्गालको खाडीदेखि करिव ११२७ कि.मि. टाढा छ। नेपालबाट
बंगलादेश २७ कि.मी. र भुटान ३२ कि.मी. टाढा पर्छ । नेपालको पुर्बी बिन्दु ताप्लेजुङ, पश्चिम बिन्दु कञ्चनपुरको दोधारा, उत्तरी बिन्दु
हुम्लाको चाङ्ला भञ्ज्याङ र दक्षिण बिन्दु झापाको लोदावारी हो । यसको दक्षिणमा भारतको बिहार र उत्तरप्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा
पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत
पर्दछ ।
भौगोलिक विभाजन :-
१)
धरातलीय स्वरूपका आधारमा नेपालको
विभाजन
२)
नदीका
आधारमा नेपालका विभाजन
३)
हावापानीका
आधारमा नेपालको विभाजन
राजनीतिक विभाजन :-
१)
सङ्घ
२)
प्रदेश
३)
स्थानीय
तह
थप विशेषताः
· विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये नेपालमा आठ ओटा पर्दछन् ।
६,००० मिटर र सोभन्दा अग्ला चुचुरा १,३०० भन्दा
वढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् ।
· नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता ठुला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् ।
· भूस्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक
विभिन्नताले गर्दा उष्ण (Tropical),
अर्धोष्ण (Mesothermal), सूक्ष्म
तापीय (Micro thermal), टाइगा र टुन्ड्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् ।
· नेपालको भौगोलिक भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक
विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, सीता जन्मेको
देश र विशेष किसिमको झन्डा भएको देशको रूपमा समेत परिचित छ ।
Leave Your Comment