Logo

Blog Details

राजपत्र अनकित द्धितीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाको नमूना प्रश्न Set 1

SS Team 2025-02-07 20:01:53 857 4

राजपत्र अनकित द्धितीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, खरिदार वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाको नमूना प्रश्न Set 1

 

समय: २ घण्टा ३० मिनेट                        पूर्णाङ्क : १००            उत्रिर्णाङ्क : ४०

 

तृतीय पत्र (Paper III): कार्य ज्ञान सम्बन्धी (job knowledge)

 

प्रत्येक Section का प्रश्नहरुको उत्तर बेग्ला बेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

 

Section (A)-35 अङ्क

 

तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।

१) निजामती सेवा ऐन, २०४९ मा राजपत्रा‌ङ्कित विशिष्ट श्रेणीसम्मको सेवाको क्लस्टर सम्बन्धी गरिएको व्यवस्था उल्लेख गर्नुहोस्। (५)

२) 'नागरिक बडापत्र सार्वजनिक सेवा प्रवाहको आधार स्तम्भ हो' पुष्टी गर्नुहोस् । (५)

३) सार्वजनिक सेवा र सुशासन बीचको अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् । (५)

४) विद्युतीय शासनको चरणहरु उल्लेख गर्दै नेपालमा यसको वर्तमान अवस्थाबारे चर्चा गर्नुहोस् । (३+७)

५) भ्रष्टाचार भनेको के हो ? भ्रष्टाचार निवारण ऐन, २०५९ मा रिसवत लिए वा दिएमा के-कस्तो सजायको व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस् । (३+७)

 

Section (B)- 35 अङ्क


 

तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।

६) लेखाको परिचय दिँदै नेपालको सरकारी लेखा प्रणालीमा रहेका रहेका समस्याहरु छोटकरीमा चर्चा गर्नुहोस् । (२+३)

७) कम्प्यूटराईज्ड सरकारी लेखा प्रणालीका उ‌द्देश्यहरु उल्लेख गर्नुहोस् । (५)

८) मूल्य अभिवृद्धि कर प्रणालीलाई के कारणले बैधानिक कर प्रणाली मानिन्छ ? उल्लेख गर्नुहोस् । (५)

९) लेखा परीक्षणको आवश्यकताबारे प्रष्ट पार्दै आन्तरिक र अन्तिम लेखा परीक्षणको भिन्नता उल्लेख गर्नुहोस् । (५+५)

१०) जिन्सी व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा जिन्सी श्रेस्तामा देखिएका समस्याहरुबारे चर्चा गर्दै उक्त समस्याहरु समाधान गर्न के कस्ता उपायहरु अपनाउन सकिन्छ ? उल्लेख गर्नुहोस् । (२+४+४)

 

Section (C)-30 अङ्क


तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।

११) राजपत्रको परिचय दिँदै यसको यसको महत्वबारे संक्षेपमा चर्चा गर्नुहोस् । (२+३)

१२) उच्च अदालतका क्षेत्राधिकारबारे उल्लेख गर्नुहोस् । (५)

१३) म्याद भनेको के हो ? यसका उ‌द्देश्यहरु उल्लेख गर्दै हदम्याद र म्यादबीचका भिन्नताहरु लेख्नुहोस् । (२+३+५)

१४) नजीर भन्नाले के बुझ्‌नुहुन्छ ? नजीरका प्रकारहरु उल्लेख गर्दै यसका सबल एवं दुर्बल पक्षहरुबारे चर्चा गर्नुहोस् । (२+४+४)

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team