म्याग्नाकार्टा ( Magna
Carta)
· म्याग्नाकार्टा Latin भाषाबाट लिइएको शब्द
हो, जसको अर्थ महाअधिकारपत्र भन्ने हुन्छ । यो चराको प्वाखको प्रयोग गरी
चर्मपत्रमा लेखिएको थियो ।
· यसमा तत्कालिन राजा
जोन द्धितीय (Jhon Lackland) ले १५ जुन १२१५ मा म्याग्नाकार्टाको दस्तावेजमा हस्ताक्षर गरेका थिए ।
यसलाई ‘जनताको विजय’ भनियो । हस्ताक्षर भएको ठाउँ रन्नीमेड हो जुन लण्डनदेखि
दक्षिण–पश्चिम तर्फ १९ माइल टाढा पर्दछ ।
· व्यारोन पादरीहरुले
म्याग्नाकार्टाको मस्यौदा पारेका थिए । म्याग्नाकार्टा लेख्ने व्यक्ति Archbishop Stephen
Langton थिए । यसको मस्यौदा सन् १२१३ मै तयार गरिएको थियो ।
· यसलाई बेलायतको
संबैधानिक इतिहासमा स्वतन्त्रताको बडापत्र भनिन्छ । यसलाई विश्वमा मानवअधिकारको
प्रथम दस्तावेज पनि भनिन्छ ।
· म्याग्नाकार्टामा ६३
धारा रहेका छन् । जसमा ३७ वटा कानुन सङ्ग्रहीत छन् ।
· म्याग्नाकार्टामा
राखिएका शर्तहरु राजाले केही समयसम्म स्वीकार गरे तापनि पुनः शक्तिसञ्चय गरी यसको
पालना गरेनन् । यो कदमप्रति असन्तुष्ट व्यारोन्सले राजालाई गद्दीबाट हटाई
फ्रान्सका Luis VII लाई राजा बनाए ।
· १९ अक्टोवर १२१६ मा
जोन द्धितीयको मृत्युछि Luis VII लाई पनि गद्दीच्युत गरी जोन द्धितीयकै छोरा हेनरी तृतीय लाई राजा बनाइयो ।
· १२१६, १२१७
र १२२५ मा राजा हेनरी तृतीयले म्याग्नाकार्टालाई तीन–तीन पटक संशोधन गरी पुर्णता
प्रदान गरेका थिए । ११ फेब्रुअरी १२२५ को म्यानाकार्टालाई फाइनल म्याग्नाकार्टा
भनिन्छ ।
· १६८९ मा अन्य अधिकारका
साथै उपरोक्त अधिकारलाई नागरिक अधिकारपत्र (British Bill of Rights, 1689) मा समावेश गरियो ।
· म्याग्नाकार्टाको
धारा १ मा चर्चको स्वायत्ततासम्बन्धी, धारा २८, ३०, र ३१ मा वैयक्तिक सम्पत्तिको प्रत्याभुतिको
वर्णन, धारा ३८, ३९ र ४० मा व्यक्तिगत
स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ ।
· धारा ३९ मा कानुनको
उचित प्रक्रियाको सिद्धान्तलाई स्थापित गरिएको पाइन्छ अर्थात प्रत्येक व्यक्तिलाई
कानुन अनुसार नै दण्ड दिइनेछ भन्ने कुरा उल्लेख छ ।
· धारा ४० मा हामी
(राजा) ले कसैलाई पनि अधिकार र न्याय बेच्ने छैनौँ, न्याय प्रदान गर्ने
काममा पनि ढिलाई गर्ने छैनौ र न्याय दिन इन्कार पनि गर्ने छैनौँ भन्ने कुरा उल्लेख
छ ।
· धारा ५४ मा राजाले
कानुन जान्नु र मान्नु पर्दछ भनिएको पाइन्छ ।
· म्याग्नाकार्टाको
परिमाणस्वरुप प्रचलनमा आएको पहिलो असाधारण क्षेत्राधिकार (रिट) बन्दीप्रत्यक्षीकरण
ऐनको पुर्वाधार मानिन्छ । यो म्याग्नाकार्टाको ३९ औं बुँदासँग सम्बन्धित छ ।
म्याग्नाकार्टालाई बेलायतको बन्दीप्रन्यक्षिकरण ऐनको पुर्वाधार मानिन्छ ।
· म्याग्नाकार्टाका
चारवटा मूलप्रति हालपनि सुरक्षित रहेका छन् । दुई वटा लण्डनस्थित ब्रिटिश
लाइब्रेरीमा, एउटा Salisbury Cathedral र अर्काे Lincoln
Cathedral मा
रहेका छन् ।
Leave Your Comment