१. सुगौलिसन्धीमा अंग्रेजको
तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
-मेजर ब्राडशा
२. नेपालमा मौजा,प्रगन्ना
र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
-राणाकाल
३. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग
सन्धि भयो ?
-बि.सं १८४६
४. भन्डारखाल पर्वमा सबैभन्दा पहिले
मारिने को थिए ?
-बिरध्वज बस्नेत
५. पाण्डिकी अड्डा काहाँ थियो ?
-सिंहदरवार
६. गोरखा राज्यको स्थापना कहिले भयो ?
-बि.सं.१६१६ भाद्र २५
७. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले
कसलाई चिनिन्छ ?
-राघवदेव
८. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण
गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर
९. नेपालमा सर्वप्रथम कुन राजाको पालामा
मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ?
-मानदेव
१०. सुनको असर्फी मुद्राको रुपमा चलाउने
राजा को हुन् ?
-रणबहादुर शाह
११. शहिद गंगालाल श्रेष्ठ लाई शोभा
भगवतीमा कहिले गोली हानिएको थियो ?
-वि.स. १९९७ माघ १४ गते
१२. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको
मन्दिर कसले बनाएका हुन् ?
-माथवरसिंह थापा
१३. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ
आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?
-राजा ज्ञानेन्द्र
१४. जंगबहादुरको वेलायत र फ्रान्सको
भ्रमण अवधि कति थियो ?
-१ वर्ष २९ दिन
१५. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा
को हुन् ?
-श्री ५ त्रिभुवन
१६. नेपालको इतिहासमा वासठ्ठीहरण कुन
राजाको पालामा भएको थियो ?
-श्री ५ रणवहादुर
१७. नेपालमा दास प्रथाको अन्त्य कहिले
भएको घोषणा गरिएको थियो ?
-वि.स. १९८१
१८. धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
-जंगबहादुर राणा
१९. नेपालको इतिहासमा एक विराङ्गनाका
रुपमा कसलाई चिनिन्छ ?
-राजेन्द्र लक्ष्मी
२०. नेपालको एकीकरण अभियानमा किर्तीपुर
माथि कहिले विजय प्राप्त गरेको थियो ?
-वि.स. १८२२
२१. शहिद धर्मभक्त माथेमालाई सिफलमा
कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ?
-वि.स. १९९७ माघ १२
२२. नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतम" आन्दोलन कहिले प्रारम्भ
भएको थियो ?
– वि.स.२००४
२३. राजा त्रिभुवनको मृत्यु कहिले भएको
थियो ?
-वि.सं. २०११
२४. निर्वाचित मन्त्रीमण्डल विघटन गरी
दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
-वि.सं. २०१७
२५. हरिसिद्धिको नाच हेर्दा हेर्दे
मुत्यु हुने राजा को हुन् ?
-प्रताप मल्ल
२६. गुणकामदेवले चलनचल्तीमा ल्याएको
मुद्रालाई के भनिन्छ ?
-गुणाङ्क
२७. मकवानपुरका अन्तिम सेनवंशी राजा को
हुन् ?
-दिगबन्धन सेन
२८. श्री ५ राजेन्द्रले माथबरसिंह
थापालाई के उपाधि दिएका थिए ?
-कला बहादुर
२९. नरहरि शाह कहाँका राजा थिए ?
-लमजुङ
३०. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको
प्रयोग गरिएको छ ?
-पाली
३१. लिक्ष्छवीकालमा 'कुथेर’ अड्डाको मुख्य कार्य के थियो ?
-राजस्व उठाउने
३२. लिच्छवीकालिन समयमा लगाइने "त्रिकर” भित्र कुन कुन कर पर्छन ?
-भाग भोग कर
३३. यातायातको व्यवस्थापन गर्ने कार्य
लिक्ष्छवीकालमा कुन अड्डाको हो ?
-लिंङंवल
३४. पशुपालनमा लाग्ने करलाई
लिक्ष्छवीकालमा के भनिन्छ ?
-भोग
३५. विवाह, सम्बन्ध
विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले
गर्दथ्यो ?
-माप्चोक
३६. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग
गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ?
-चौतारिया
३७. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी
मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
-शुल्ली
३८. राणाकालमा सार्वजानिक निर्माण र
मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ?
–छेभडेल
३९. राणा कालमा रहेका ३५ जिल्ला मध्ये
तराईमा कति जिल्ला थिए ?
-१२ जिल्ला
४०. सरकारी कार्यालयको समय १० वजे देखि ४
वजेसम्म कसले तोकेका थिए ?
-भिम शमशेर
४१. राजा विरेन्द्रले शान्ति क्षेत्रको
प्रस्ताव कहिले अघि सारेका थिए ?
-वि.सं २०३१फाल्गुन १३
४२. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ?
-चन्द्र शमसेर
४३. द्धितीय विश्वयुद्धताका नेपालमा
प्रधानमन्त्री को थिए ?
-जुद्धशमशेर
४४. काल भैरवलाई हसाउने राजा को हुन् ?
-प्रताप मल्ल
४५. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री
को थिए ?
-फत्तेजंग शाह
४६. पृथ्वी नारायण शाहले एकीकरणको
अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ?
-वि.स. १८२५ असोज १३
४७. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण
शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए?
-पूर्वतर्फ
४८. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के
उपनामले चिनिन्थ्यो ?
-वाइसे राज्य
४९. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट
राणा उपाधी पाएका थिए ?
-वि.सं. १९०५
५०. निर्वाणानन्द पदवी लिएका नेपालका
राजा को हुन् ?
-रणबहादुर शाह
५१. राणा शासन स्थापना गर्नका लागि आधार
तयार गर्ने घटना कुन थियो ?
-कोत पर्व
५२. काजी कालु पाण्डेको मृत्यु कहिले
भएको थियो ?
-वि.स.१९१४
५३. The Living Lion of Nepal भनेर कसलाई
चिनिन्थ्थो ?
-अमरसिंह थापा
५४. स्वयंभुको अभिलेखमा नेपालको कुन
राजाको बंशक्रम उल्लेख छ ?
-मानदेव
५५. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन
निकायको व्यवस्था थियो ?
-पञ्च कचहरी र पञ्च समुच्चय
५६. राणा कालमा जिल्लाको प्रमुख
प्रशासकको पद के हुन्थ्यो ?
-सुब्बा
५७. कोशी सम्झौता हुँदा नेपालका
प्रधानमन्त्री को थिए ?
-मातृका प्रसाद कोइराला
५८. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के
भनिन्थ्यो ?
-सर्वदण्डनायक
५९. राणाकालमा सरकारी कर्मचारीहरुले
आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो?
-चाँदतोडा
६०. नालापानीको युद्धमा नेतृत्व कसले
गरेका थिए ?
-बलभद्र कुँवर
६१. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत
पर्ने जिल्लालाई के भनिन्थो?
-बिषय
६२. न्याय विकासिनी कसको दस्तावेज हो ?
-जयस्थिति मल्ल
६३. पृथ्वीनारायण शाहले कान्तिपुर विजय
कुन पर्वको दिन गरेका थिए ?
-इन्द्रजात्रा
६४. अन्तिम किराती राजा को हुन् ?
-गस्ती
६५. किरात वंशपछि कुन वंशले शासन गरेका
थिए ?
-सोमवंशी
६६. भूकम्पमा परी मर्ने राजा को हुन् ?
-अभय मल्ल
६७. लिगंवल अधिकरण न्यायिक अदालत कुन
कालमा प्रचलित थियो ?
-लिच्छविकाल
६८. आफुलाई ”विद्या
पारंगत” भनी लेख्ने राजा को हुन् ?
-जितामित्र मल्ल
६९. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध
करका नाममा के मा कर लगाइन्थ्यो ?
-मनोरञ्जन
७०. लाइव्रेरी पर्व कसको पालामा भएको
थियो ?
-भिम शमशेर
७१. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ?
-शिवसिंह मल्ल
७२. सैनिक बहादुरी देखाउनेलाई चुडामणि
पदक दिने राजा को हुन् ?
-योगनरेन्द्र मल्ल
७३. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा
ल्याउने राजा को हुन् ?
-रत्न मल्ल
७४. नेपालमा सर्वप्रथम अभिलेख राख्ने
राजा को हुन् ?
-मानदेव
७५. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ
कसको पालादेखि भएको हो ?
-जंगबहादुर राणा
७६. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण
राख्ने मल्ल राजा को हुन् ?
-यक्ष मल्ल
७७. अरुण नदीको पौराणिक नाम के हो ?
-महाप्रभा
७८. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ?
-काठमाडौं
७९. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती
अंकित गर्ने राजा को हुन् ?
-नरेन्द्रदेव
८०. मल्लपुरी कसले विजय गरेका थिए ?
-मानदेव
८१. गाईजात्राको चलन कसले चलाएका हुन् ?
-प्रताप मल्ल
८२. नेपालको राजधानी कुन राजाको पालामा
नुवाकोट सरिएको थियो ?
-गीर्वाणयुद्ध विक्रम शाह
८३. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
-रणजीत मल्ल
८४. काठमाण्डौका अन्तिम मल्ल राजा को
हुन् ?
-जयप्रकाश मल्ल
८५. पाटनका अन्तिम मल्ल राजा को हुन् ?
-तेजनरसिंह मल्ल
८६. पाटनको कृष्ण मन्दिर कसले निर्माण
गराएका हुन् ?
-सिद्धिनरसिंह मल्ल
८७. आफूलाई”गन्धर्व
विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ?
–जगतप्रकाश मल्ल
८८. पशुपतिनाथको मन्दिर कसले निर्माण
गरेका हुन् ?
-प्रचण्डदेव
८९. भद्राधिवास मन्दिर कसले निर्माण
गरेका हुन् ?
-नरेन्द्रदेव
९०. मानगृह कसले निर्माण गरेका थिए ?
-मानदेव
९१. न्यातपोल देवल कसले बनाउन लगाएका
हुन् ?
-भुपतीन्द्र मल्ल
९२. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ?
-मानदेव
९३. मिलिटरी अस्पतालको स्थापना कसले
गरेका थिए ?
-चन्द्र शमशेर
९४. रातो मच्छिन्द्रनाथको रथायात्राको
चलन कसले चलाए ?
-नरेन्द्रदेव
९५. घोडेजात्राको चलन कसले चलाएका हुन् ?
-जयप्रकाश मल्ल
९६. विष्केट जात्राको चलन कसले चलाएका
हुन् ?
-जगज्योती मल्ल
९७. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको
आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ?
-विश्वजित मल्ल
९८. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा
को हुन् ?
-शिवदेव तृतीय
९९. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस्
भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ?
-वसन्तदेव
१००. नाग र वासुकी को पुजा गर्ने चलन
कसले चलाएका हुन् ?
-मानदेव
Leave Your Comment