Logo

Blog Details

विविध प्रश्नोत्तर

SS Team 2025-02-28 13:06:04 426 2

  

सूर्य एवम् ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने विचारको खण्डन गरेबापत जिउँदै जलाइएका वैज्ञानिक को हुन्? -  गिआर्डिनो ब्रुनो

एसिया र युरोप दुवै महादेशमा पर्ने शहर कुन हो ? - इस्तानबुल

अमेरिका चार भूतपूर्व राष्ट्रपति जर्ज बासिङ्टन, थोमस जेफरसन, अब्राहम लिङ्कन र टेडी रूजवेल्टको मुखाकृति अङ्कित पहाड कुन हो ?  – माउन्ट रसमोर

नेपालको श्रीलंका भनी कोशी टप्पुलाई चिनिन्छ भने नेपालको फोकल्याण्ड भनी कुन ठाँउलाई चिनिन्छ ? –  सुन्दर हरैचा (मोरङ)

कुहिरोको लोभलाग्दो दृश्यले पर्यटकहरूलाई मोहित तुल्याउने  प्रसिद्ध पर्यटकीय स्थल “मानुङकोट” कुन जिल्लामा अवस्थित छ ?- तनहुँ

विश्वको सबैभन्दा गहिरो र पुरानो ताल बैकाल ताल हो, अब भन्नुहोस् यो कहिले विश्व सम्पदा सूचीमा सूचिकृत भयो? - सन् १९९६

विश्वमा पहिलोपल्ट परमाणु बम कहिले खसालियो ?  - ६ अगस्ट १९४५  (पहिलो परमाणु बम दोस्रो विश्व युद्धको दौरान अमेरिकाले ६ अगस्ट १९४५ मा जापानको हिरोसिमा खसालेको थियो ।)

आफ्ना नामका अगाडि दुई अक्षर US भएका र मुलुकलाइ पनि US नै भनिने हुदा सोही आधारमा कुन अमेरिकी राष्टपतिलाइ "United States" भनिन्थ्यो ? - युलेसिस एस ग्रान्ट

नेपालको इतिहासमा सिंहदरबारको विद्रोह भनेर कुन दिनलाइ चिनिन्छ? - वि.सं. २००८ माघ ८

परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ? - विश्वजित मल्ल

रावणले सीता हरेर लंका लगेपछी सीतालाइ रक्षा गर्ने र माया गर्ने राक्षसी को थिइन् ? - त्रिजटा

एउटी श्रीमती घरमा हुदाहुदै अर्की ल्याएमा लोग्नेले घर छाड्नुपर्ने चलन कुन जातिमा छ ?- ल्होमी

संस्कृत, नेपाली र हिन्दी भाषाको देवनागरी लिपीलाई अर्को कुन नामले चिनिन्छ ? - नन्दीनागरी लिपी (देवताको लिपी भएकाले देवनागरी लिपी भनिएको)

नेपाल साहित्य जगतमा चट्याङ मास्टर भनेर कृष्णमुमारी गौतमलाई चिनिन्छ भने लाटो साथी भनी कसलाई चिनिन्छ ? - विष्णुराज आत्रेय

नेपाल चलचित्र संस्थानको स्थापना कहिले भएको हो ? - २०२८ कार्तिक ६ गते

नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको मिथिला क्षेत्र अन्तर्गतको जनकपुरलाई प्राचीन कालमा के भनिन्थ्यो ? -  विदेह

अफगानिस्थानको आतङ्ककारी समूह तालिवानले लागु गर्न चाहेको महिला स्वतन्त्रता कुन्ठित पार्ने परम्परागत कानूनलाई के भनिन्छ? - सरिया कानून

मदन पुरस्कार-२०७७ को श्रेष्ठ सूचीमा सूचीकृत कृति करियाका लेखक कृष्ण अविरल हुन् भने कल्प-ग्रन्थका लेखक को हुन् ? - कुमार नगरकोटी

कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ ? - सनपाट

उछुट्टिएको नेपाल भनेर कुन ठाँउलाई चिनिन्छ ? - रुपन्देहीको मर्चेवर

चन्द्रमाबाट ल्याइएको ढुङ्गाको नाम के हो ? - मेयर बसाल्ट

नेपालको इतिहासमा “नेपालको क्यालीगुला” भनेर कुन शासकलाई चिनिन्छ ? - रण बहादुर शाह

वनस्पतिको पनि जीवन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को र कुन देशका हुन् ?  - जलदिशचन्द्र बोस, भारत

हारिन्छ कि भनेर डराउनाले स्वतः हार्नुपर्दछ” यो भनाई कसको हो ? - जर्ज बर्नाड शा

कालो सुनको राजधानी भनी विश्वको कुन शहरलाई चिनिन्छ ? - अजरवैजानको बाकु

‘‘हामी सबै युनानी हौँ हाम्रो विधान, धर्म, कला, र साहित्य सबैको मूल जरा युनानमा नै निहित रहेको छ ।’’ (We are all Greek´s, our laws, our religion, our arts and literature have their roots in Greece.) यो भनाई कसको हो? - कवि पि.वि. शेली

नेपालमा सबैभन्दा पहिले स्थापना भएको उद्योग कुन हो ? - विराटनगर जुट मिल

शिक्षा ऐन, २०२८ को आठौं संशोधन कहिले भयो ? - २०७३ असार १५

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भयो  ? - २०२८ भदौ ५

काठमाडौ उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस कुन हो? - ठाकुरराम कलेज (वीरगन्ज)

एस.एल.सी मा सर्वोकृष्ट हुनेको नाम घोषणा  गर्ने परिपाटी कहिले बाट बन्द भएको हो ?- वि.सं.  २०६२

मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो खण्ड कुन जिल्लामा पर्दछ ? - बाग्लुङ

निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो ? - खिम्ती जलविद्युत् आयोजना

नेपाल टेलिकमले 4G सेवा सञ्चालन कहिलेबाट गर्‍यो ? – वि.सं.  २०७३ पुस १७ (सन् २०१७ जनवरी १)

१५ औं आवधिक योजना अनुसार नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय वि.सं. २१०० सम्ममा कति अमेरिकी डलर पुर्‍याउनु लक्ष्य लिएको छ ? - १२,१००  (आधार वर्ष २०७५/०७६ मा १०४७ अमेरिकी डलर रहेको)

नेपाल राष्ट्र बैङ्कले पोलिमर नोट कहिलेबाट प्रचलनमा ल्याएको हो ? - वि.सं. २०५९ आश्विन १४

अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा हालसम्म ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडी ३ जना रहेका छन्, अब भन्नुहोस्, उनी को को हुन् ? - युवराज सिंह (भारत), हर्सल गिप्स(दक्षिण अफ्रिका) र कायरन पोलार्ड (वेष्ट इन्डिज)

जुनकिरीको पुच्छर कुन तत्त्वका कारणले बल्छ ?- लुसिफेरिन

नेपालको औसत तापमान वृद्धिदर कति डिग्री रहेको छ ? - ०.०५६

“For A Long Planet” कुन संस्थाको नारा हो ? - विश्व वन्यजन्तु कोष (WWF)

मुसा प्रजातिमा पाइने ‘माइट’ ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनिन्छ ? - स्क्रब टाइफस (Scrub Typhus)

नेपालको संविधानको कुन भागमा राजनीतिक दलसम्बन्धी व्यवस्था गरिएको छ ? - भाग २९

सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानको सर्वोच्च शिखर कुन हो ? - माउन्ट नोशाक (७४९२ m.)

नेपालमा सबैभन्दा पहिले स्मार्ट सडक बत्ती जडान गर्ने स्थानीय तह कुन हो ? - ललितपुर महानगरपालिका

शेयर बजारको क्षेत्रमा अत्याधिक प्रयोग हुने “IPO” को पूरा रूप के हो ? -  Initial Public Offering

२१ अप्रिल २०११ बाट सुरूवाद भएको भिडियो कन्फ्रेन्सको चर्चित माध्यय “जुम (Zoom)” का आविष्कारक को हुन् ? - इरिक युयान (Eric Yuan)

भक्ति थापालाई मन्त्रिपरिषद्ले कहिले राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गर्‍यो ? - वि.सं. २०७८ असार १४ गते

कम्प्यूटरको पिता भनी चाल्र्स ब्याबेजलाई चिनिन्छ भने ल्याकटपका पिता भनी कसलाई चिनिन्छ ? - बिल मग्रिच (Bill Moggridge)

उछुट्टिएको नेपाल भनेर कुन ठाँउलाई चिनिन्छ ? - रुपन्देहीको मर्चेवर

चन्द्रमाबाट ल्याइएको ढुङ्गाको नाम के हो ? - मेयर बसाल्ट

नेपालको इतिहासमा “नेपालको क्यालीगुला” भनेर कुन शासकलाई चिनिन्छ ? - रण बहादुर शाह

वनस्पतिको पनि जीवन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को र कुन देशका हुन् ?  - जलदिशचन्द्र बोस, भारत

हारिन्छ कि भनेर डराउनाले स्वतः हार्नुपर्दछ” यो भनाई कसको हो ? - जर्ज बर्नाड शा

कालो सुनको राजधानी भनी विश्वको कुन शहरलाई चिनिन्छ ? - अजरवैजानको बाकु

 ‘‘हामी सबै युनानी हौँ हाम्रो विधान, धर्म, कला, र साहित्य सबैको मूल जरा युनानमा नै निहित रहेको छ ।’’ (We are all Greek´s, our laws, our religion, our arts and literature have their roots in Greece.) यो भनाई कसको हो? - कवि पि.वि. शेली

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team