जयस्थिति मल्ल एक प्रतापी तथा समाजसुधारक राजा हुन। विसं १४११मा ८ वर्षकी राजल्लदेवीसँग विवाह भएपनि यिनका उत्तराधिकारी थिएनन्। जयस्थिति मल्लको मृत्यु विसं १४५२ भदौमा भएको थियो। विसं १४३७मा अर्जुन मल्ललाई बनेपा पठाएपछि राजा हुन सफल जयस्थिति मल्ल भारदारहरूले मल्लप्रति बाहिरबाट आएको भनी असन्तुष्टि देखाउँदा पनि शासन सत्तामा बलियो पकड जमाउन सफल भए। तत्कालीन समयमा अव्यवस्थित देशको राजनीतिक, सामाजिक, आर्थिक इत्यादि क्षेत्रहरूमा समसामयिक अनेक सुधारहरू गरी एक प्रकारको व्यवस्थित शासन प्रणाली तथा सामाजिक रीति–व्यवहारको स्थापना यिनले गरेका थिए ।
प्रमुख कार्यहरू
• गोपालराजवंशावली को लेखन
• समाजसुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, किर्तिनाथ उपाथ्याय, महिनाथ भट्ट आदि विद्वान झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाजको स्थापना,
• समाजलाई ४ जात १८ वर्णमा विभाजन गरी श्रमको विभाजन,
• जग्गाको नापजाँच गरी उत्पादन क्षमताको आधारमा जग्गालाई अब्बल, दोयम, सीम, चाहार गरी ४ तहमा विभाजन,
• तिब्बतसंगको व्यापार अभिवृद्धि गर्न एक व्यापारिक टोली चीन पठाउने कार्य,
• नापतौलमा आधुनिकरण गर्न माना, पाथी, ढक, तराजुमा आवश्यक सुधार,
• जग्गा बेचबिखन र बन्धक राख्ने व्यवस्था,
• पशुपतिघाटमा लवकुश सहितको राममन्दिर, ललितपुरमा कुम्भेश्वर मन्दिर, उन्मत्त भैरवको स्थापना
• विवाह पछि महिला को थर पुरुष को थर मा बदलिने प्रचलन चलाएको ।
वि.सं. १४५२ भदौ मा राजा जयस्थिति मल्लको मृत्यु भयो । उनको मृत्यु पछि उनका तीन ओटै छोराहरु धर्म मल्ल (जन्म :वि.सं १४२४), ज्योतिर्मल्ल (जन्म :वि.सं १४३०), र कीर्ति मल्ल(जन्म :वि.सं १४३४) ले संयुक्त शासन चलाए । कालक्रमले गर्दा माहिला छोरा ज्योतिर्मल्लाले बाबुको राज्यहात पार्न सफल भए ।