Blog Details

विविध सामान्य ज्ञान

Sita Pokharel 2026-05-05 19:00:19 149 1

१. ब्रह्माण्ड र भूगोल (Cosmology & Geography)
१. सूर्यले आफ्नो ग्यालेक्टिक सेन्टरको एक परिक्रमा (१ कस्मिक वर्ष) गर्न कति समय लगाउँछ?
२. पृथ्वीको कुन तहलाई 'NiFe' भनिन्छ र यसको मुख्य विशेषता के हो?
३. १ डिग्री देशान्तर बराबर भूमध्यरेखामा कति किलोमिटर दुरी हुन्छ?
४. '३८ प्यारालाल' रेखाले कुन दुई देशलाई छुट्टाउँछ?
५. 'मरें डार्लिङ' नदी कुन महादेशको सबैभन्दा लामो नदी हो?
६. विश्वको सबैभन्दा व्यस्त सामुद्रिक मार्ग कुन महासागरमा पर्दछ?
७. 'S' आकारको महासागर कुन हो?
८. ओजोन तह नष्ट गर्ने मुख्य ग्यास 'CFC' को एक अणुले अक्सिजनका कति अणु नष्ट गर्छ?
९. प्रकाशको तापिय तीव्रता मापन गर्ने यन्त्रलाई के भनिन्छ?
१०. सूर्यको बाहिरी सतह (Corona) को तापक्रम कति हुन्छ?

२. नेपालको भूगोल (Geography of Nepal)
११. नेपालको नयाँ राजनीतिक नक्सा राजपत्रमा कहिले प्रकाशन भएको हो?
१२. गौरीशंकर हिमालको उचाई कति छ?
१३. नेपालको सबैभन्दा उत्तरी बिन्दु 'चाला भञ्ज्याङ' कुन जिल्लामा पर्छ?
१४. चीन र भारत दुवैलाई छुने प्रदेशहरू कतिवटा छन्?
१५. नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल 'इन्द्रसरोवर' को लम्बाई कति छ?
१६. सगरमाथाको शिखरमा पुग्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाको मृत्यु कहिले भएको थियो?
१७. 'अन्धगल्छी' कुन नदीले बनाएको विश्वकै गहिरो गल्छी हो?
१८. नेपालको ७७ औं जिल्लाको रूपमा टुक्रिएको जिल्ला कुन हो?
१९. 'फोसिल पार्क' नेपालको कुन जिल्लामा अवस्थित छ?
२०. नेपालको प्रमाणिक समय भारतको भन्दा कति छिटो छ?

३. इतिहास र संस्कृति (History & Culture)
२१. 'लिच्छवि कुल केतु' भनेर कुन राजालाई चिनिन्छ?
२२. मल्ल कालमा 'चन्डानायक' भन्नाले कुन पदलाई बुझाउँथ्यो?
२३. सती प्रथा उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
२४. नेपालमा पहिलो पटक बजेट कहिले र कसले प्रस्तुत गरेका थिए?
२५. 'मदन पुरस्कार' प्राप्त गर्ने पहिलो महिला को हुन् र कुन कृतिका लागि?
२६. 'स्वर्ण युग' भनी नेपालको कुन काललाई चिनिन्छ?
२७. 'नयाँ मुलुक' भन्नाले कुन-कुन चार जिल्लालाई बुझिन्छ?
२८. नेपाल र भारतबीचको 'शान्ति तथा मैत्री सन्धि १९५०' मा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए?
२९. 'सिमि सिमि' कुन जातिको प्रमुख चाड हो?
३०. नेपालको पहिलो साहित्यिक पत्रिका 'सुधासागर' कहिले प्रकाशित भयो?

४. विज्ञान र प्रविधि (Science & Technology)
३१. 'सापेक्षिक घनत्व' को सिद्धान्त पत्ता लगाउँदा आर्किमिडिजले कुन शब्द बोलेका थिए?
३२. 'हास्य ग्यास' (Laughing Gas) को रासायनिक नाम के हो?
३३. 'इन्सुलिन' मानव शरीरको कुन अङ्गबाट उत्पादन हुन्छ?
३४. 'फादर अफ कम्प्युटर' भनेर चार्ल्स ब्याबेजलाई चिनिन्छ भने 'मदर अफ कम्प्युटर' को हुन्?
३५. 'पेन्सिलिन' को आविष्कार कुन वर्ष भएको थियो?
३६. 'ब्लुटुथ' प्रविधिका आविष्कारक को हुन्?
३७. 'यूट्युब' को पहिलो भिडियोको शीर्षक के थियो?
३८. कम्प्युटरको चिप्स (IC Chip) बनाउन कुन धातुको प्रयोग गरिन्छ?
३९. 'रातो रक्त कोषिका' (RBC) को निर्माण शरीरको कुन भागमा हुन्छ?
४०. 'X-Ray' का आविष्कारक को हुन्?

५. अन्तर्राष्ट्रिय संस्था र विविध (UN & SAARC)
४१. सार्क बडापत्रको कुन धारामा 'मन्त्रिपरिषद्' सम्बन्धी व्यवस्था छ?
४२. सार्कको 'क्षयरोग तथा एड्स केन्द्र' नेपालको कहाँ रहेको छ?
४३. संयुक्त राष्ट्रसंघको बडापत्रमा जम्मा कति धाराहरू छन्?
४४. राष्ट्रसंघको सुरक्षा परिषद्मा 'भिटो' प्रयोग गर्ने अधिकार कुन धाराले दिएको छ?
४५. दिगो विकास (SDG) का लक्ष्यहरू कतिवटा छन्?
४६. 'एजेण्डा २१' कुन सम्मेलनबाट पारित भएको थियो?
४७. नेपालले संयुक्त राष्ट्रसंघको 'शान्ति सेना' मा पहिलो पटक कहिले भाग लियो?
४८. 'इन्टरपोल' को मुख्यालय कहाँ रहेको छ?
४९. सार्कमा महासचिवको पदावधि कति वर्षको हुन्छ?
५०. विश्वको सबैभन्दा अग्लो झरना 'एन्जेल' को उचाइ कति छ?

 

 

Answer Key (उत्तर कुञ्जी)

१. २५ करोड वर्ष,  २. केन्द्रमण्डल (निकल र फलाम),   ३. १११ कि.मि.,    ४. उत्तर र दक्षिण कोरिया,    ५. अस्ट्रेलिया,    ६. आन्ध्र महासागर,     ७. आन्ध्र महासागर,         ८. करिब १ लाख, ९. एक्टीमोमिटर,  १०. २० लाख डिग्री सेल्सियस   ११. २०७७ असार ४, १२.,१३४ मिटर,  १३. हुम्ला,  १४. ४ वटा,  १५. ७ कि.मि.,  १६. २०५० बैशाख १०, १७. कालीगण्डकी,  १८. नवलपरासी (सुस्ता पूर्व) र पूर्वी रुकुम, १९. पाल्पा, २०. १५ मिनेट   २१. शिवदेव प्रथम,  २२. सेनापति,     २३. चन्द्र शमशेर, २४. वि.सं. २००८ (सुवर्ण शमशेर),    २५. पारिजात (शिरीषको फूल),                २६. लिच्छवि काल, २७. बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, २८. मोहन शमशेर,   २९. सुनुवार,  ३०. वि.सं. १९५५  ३१.इउरेका, ३२. नाइट्रस अक्साइड, ३३. प्याङ्क्रियाज, ३४. एडा अगस्टा,   ३५. १९२८,  ३६. जाप हार्टसेन,  ३७. Me at the zoo, ३८.सिलिकन, ३९.अस्थिमज्जा,  ४०. विलियम रोइन्टेन   ४१. धारा ४, ४२. भक्तपुर,  ४३. १११ धारा, ४४. धारा २७,  ४५. १७ वटा,  ४६. रियो पृथ्वी सम्मेलन १९९२,   ४७. सन् १९५८,  ४८. लियोन (फ्रान्स), ४९. ३ वर्ष,  ५०. ९७९ मिटर।


Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team